ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०१७ मा सर्वाधिक कमाउने पुस्तकहरु


admin
१६ पुस २०७४, आइतबार   ४ : २५   बजे

काठमाडौ, १६ पुस । विश्वभरीमा अन्य वर्ष जस्तै यस वर्ष पनि हजारौ पुस्तकहरु प्रकाशित भए । कुनै पुस्तकले राम्रो कन्टेटको कारणले चर्चा पाए भए भने कयौ पुस्तकले विक्रि संगै राम्रो आम्दानी पनि गरे ।

बेलायतको ‘द गार्जियन’ पत्रिकाले यस वर्ष सकिनै लाग्दा सन् २०१७ मा सबैभन्दा धेरै विक्रि भएको पुस्तकको सूची सार्वजनिक गरेको छ । सूचीमा नयाँ पुराना लेखक र उनीहरुका रचनाहरु समावेश भएको छ ।

गार्जियन पत्रिकाले सार्वजनिक गरेको सूचीकोे पहिलो स्थानमा लेखक जेमी ओलिभरको पुस्तक ‘फाइभ इन्ग्रेडियन्स– क्विक एन्ड इजी फुड’ परेको छ । उनको यो पुस्तकको व्यापार १८ करोड ६२ लाख पाउन्ड बराबरको रहेको छ । प्रतिकपि २६ पाउन्ड मूल्यको उक्त पुस्तक ७ लाख १६ हजार ७१ कपि बिक्री भएको छ । पुस्तक २४ अगस्ट २०१७ मा प्रकाशित भएको थियो ।

त्यस्तै डेभिड विलियम्सको पुस्तक ‘ब्याड ड्याड’ सूचीको दोस्रो स्थानमा रहेको छ । गार्जियन पत्रिकाको अनुसार उक्त पुस्तकले ७३ लाख ७६ हजार पाउन्डको कारोबार गरेको छ । गत नोभेम्बर २ मा प्रकाशित भएको सोे पुस्तक ५ लाख ६८ हजार कपि बिक्री भएको थियो ।

सूचीको तेस्रो स्थानमा सरी लपेनाको ‘द कपल नेक्स्ट डोर’ रहेको छ । कुल ४ लाख ४ हजार कपि बिक्री भएको पुस्तकको मूल्य ७।९९ पाउन्ड रहेको छ । सो पुस्तक अप्रिल महिनामा प्रकाशित भएको थियो ।

सूचीको चौथो स्थानमा डेभिड विलियम्सकै ‘द वल्र्डस् वोस्र्ट चिल्ड्रेन– २’ रहेको छ । विलियम्सले सो पुस्तक २५ मेमा प्रकाशित गरेका थिए । पुस्तकको ३ लाख ९४ हजार कपि विक्रि भएको छ । प्रतिपुस्तक १४।९९ पाउन्ड मूल्य कायम गरेको पुस्तकले ९५ लाख १० हजार पाउन्डको कारोबार गर्यो ।

बजार मूल्य २० पाउन्ड कायम गरिएको डान ब्राउनको ‘ओरिजिन’ पुस्तकले पनि निकै राम्रो कारोबार गर्यो । उक्त पुस्तकले ७४ लाख ७४ हजार पाउन्डकै कारोबार गर्दा लि चाइल्डको पुस्तक ‘नाइड स्कुलले पनि २५ लाख १५ हजार पाउन्डको कारोबार गर्यो । ७।९९ पाउन्ड मूल्य कायम भएको उक्त पुस्तक ३ लाख ४१ हजार ८ सय कपि बिक्री भएको हो ।

सन् २०१७ मा गिनेज वल्र्ड रेकर्डस्ले पनि पुस्तक सार्वजनिक गर्यो । ‘गिनेज वल्र्ड रेकर्डस् २०१८’ नाम रहेको पुस्तकले ६१ लाख ४६ हजार पाउन्डको कारोबार गर्न सफल रह्यो । २० पाउन्ड मूल्य कायम भएको उक्त पुस्तक ३ लाख १ हजार कपि बिक्री भएको थियो ।

त्यस्तै, यूभल नोहा हरारीको पुस्तक ‘सपिन्सः अ ब्रिफ हिस्ट्री अफ ह्युमन काइन्ड’ले १३ लाख ३५ हजार पाउन्ड, जेफ किन्नीको पुस्तक ‘डायरी अफ अ किडः द गेट वे’ले ३५ लाख ३८ हजार पाउन्ड तथा फिलिप पुलम्यानको पुस्तक ‘द बुक अफ डस्ट भोल्युम वानः ला बेली’को कारोबार ५२ लाख २८ हजार पाउन्डको कारोबार गर्यो ।

वर्ष २०१६ मा ५२ वर्षीय लेखिका जेके रोलिङको पुस्तक ‘ह्यारी पोर्टर एन्ड क्युयर्ड चाइल्ड प्लेस्कृप्ट’ सर्वाधिक बिक्री भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu