ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवा र भारतीय मोदीबीच टेलिफोन वार्ता : मोदीबाट खोप आपूर्ति छिट्टै गर्ने आश्वासन


एबीसी / संवाददाता
४ श्रावण २०७८, सोमबार   ३ : ४३   बजे

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्ताको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ बिरुद्धको खोप चाँडै आपूर्ति गर्ने आश्वासन दिनुभएको छ । भारतीय प्रधानमन्त्रीले बधाई दिनका लागि फोन गर्नुभएको र सो क्रममा प्रधानमन्त्री देउवाले नेपालले पाउन बाँकी खोप चाँडो पठाउन पहल गर्न आग्रह गर्नुभएको प्रम देउवाका स्वकीय सचिब भानु देउवाले बताउनुभयो ।

प्रधानमन्त्री देउवा र मोदीबीच आज अपराह्न टोलिफोन वार्ता भएको जानकारी प्रधानमन्त्री देउवाको आधिकारिक ट्वीटरमार्फत पनि साझा गरिएको छ । प्रधानमन्त्री देउवाले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझै बढी सुदृढ बनाउनुपर्ने विचार आदानप्रदान भएको बताउनुभएको छ ।

मोदीले यसअघि आइतबार राति ट्वीटरबाटै प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा देउवालाई बधाई तथा शुभकामना दिनुभएको थियो । आज अपराह्न भने टेलिफोन गरेर बधाई दिनुभएको हो । भारतले अनुदानमा १० लाख खोप उपलब्ध गराएको थियो । लगत्तै नेपालले कोभिशिल्डको २० लाख खोप खरिद गर्ने सम्झौता गर्न पुग्यो । उक्त खरिद खोपमध्ये पहिलो खेपको खोप आइपुग्दा दोस्रो खेप अझै आइपुगेको छैन । जसले गर्दा खोप अभियान समेत प्रभाबित बन्न पुगेको छ । टेलिफोन वार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले खोप आपूर्ति छिट्टै गर्ने आश्वासन दिनुभएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu