ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेहुला बेहुलीलाई जहाँ बिहे अगाडि कुहिएका गोलभेँडा माछा र अण्डाले हानिन्छ


एबीसी / संवाददाता
१० श्रावण २०७८, आइतबार   ८ : ११   बजे

काठमाडौं । विवाह यस्तो समारोह हो जसबाट दुईजना व्यक्ति तथा दुईजना परिवार एक अर्कोसँग जोडिन्छन् । संसारमा देश, ठाउँ तथा समुदायपिच्छे बिहेका फरक–फरक परम्पराहरु रहिआएका छन् । हरेक धर्मको पनि आफ्नै फरक रितिरिवाज हुन्छ, जसलाई मानिसहरुले पालना गरेका हुन्छन् । कतिपय परम्परा तथा संस्कारहरु निकै अनौठा खालका पनि हुन्छन् ।

सुन्दा नै अत्याचार जस्तो लाग्ने यस्तो परम्परा स्कटल्याण्डमा रहेको छ । स्कटल्याण्डको ग्लास्गोलगायतका कतिपय क्षेत्रमा प्रचलित एक परम्परागत बिहे संस्कार अनुसार हुनेवाला बेहुला बेहुलीलाई सबैभन्दा पहिले एउटा रुखमा बाँधिन्छ । त्यसपछि उनीहरुको शरीरमाथि चकलेटको सिरप, दूध, पिठो, कुहिएका अण्डा, कुहिएका टमाटर तथा कुहिएका माछालगायतका वस्तुहरु खन्याइन्छ । यस्तो असहज लाग्ने परम्परा निभाउनुका पछाडि मानिसहरुमा एउटा आस्था तथा मान्यताले काम गरेको छ । बेहुला बेहुलीलाई बिहे अगाडि यसरी बाँधेर दुर्गन्धित वस्तुले हिर्काएमा उनीहरुलाई खराब शक्तिबाट बचाउन सकिने विश्वास छ । यदि उनीहरुले बिहे अगाडि नै ती सबै दुर्गन्धित चिजहरुको प्रहारको सामना गर्न सकेमा उनीहरुले भविष्यमा जीवनका सबै चुनौतीहरुको सजिलैसँग सामना गरी आफूलाई सम्हाल्न सक्दछन् भन्ने मान्यता पनि रहेको छ ।

हामीकहाँ बिहे अगाडि बेहुला बेहुलीको अनुहारमा चमक ल्याउन, जीउ सुन्दर बनाउनका लागि बेसार तथा चन्दन लेपन गर्ने, दूधले नुहाउनेदेखि मेहेन्दी लगाउने लगायतका अनेक खालका उपाय अपनाइन्छ । तर एउटा यस्तो देश छ जहाँ बिहे अगाडि बेहुला बेहुलीमाथि कुहेका गोलभेँडा, बिग्रिएका अण्डा, कुहिएका माछालगायतका फोहोर र दुर्गन्धित चिजहरु फ्याँकिन्छ । द ब्लाकेनिंग भनिने यो परम्परा पछिल्लो समयमा युवाहरुमाझ लोकप्रिय बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group