काठमाडौं, १७ पुस । ल्याटिन अमेरिकी देश कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा १० जना अमेरिकी पर्यटक रहेका छन् । यस्तै कोस्टारिकन पाइलट र को–पाइलट को पनि ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचजना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दुर्घटनामा विमानमा रहेका सबैको मृत्यु भएको छ । विमान दुर्घटना हुनुको कारण खुलेको छैन । विमान गुआनाकास्ते प्रान्तको बेखुको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो ।
प्रतिक्रिया दिनुहोस्