ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीकी प्रदेश सांसद वली फेरि एमालेमै फर्किइन् (पत्रसहित)


एबीसी / संवाददाता
१८ श्रावण २०७८, सोमबार   ५ : ३३   बजे

दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट चुनाव जितेकी लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा (एमाले)मा भएको स्पष्ट पार्नुभएको छ । सोमबार उहांले विज्ञप्ति जारी गर्दै आफू एमालेमा भएको जानकारी गराउनुभएको हो ।

केहीसमय यता उनी माओवादी नेताहरूको सम्पर्कमा आएकी थिइनन्। सँगै उनी एमालेमा प्रवेश गरेको भन्ने चर्चा भइरहेको थियो। म निर्वाचित भएर प्रदेशसभामा क्रियाशील हुँदै गर्दा पार्टीप्रति मेरो केही गुनासा थिए। एउटा पार्टी कार्यकर्ताको नाताले पार्टीप्रति मेरा र पार्टीको मप्रति गुनासा हुनु स्वभाविकै थियो, उहांले विज्ञप्तिमा लेख्नुभएको छ– ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै म नेकपा एमालेप्रति प्रतिबद्ध रहेको र नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट पार्न चाहन्छु । आफू सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेको हुँदा माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएकोले एमालेमा रहेको उहांले स्पष्ट पार्नुभएको छ । मैले सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकोले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रूपमा ठिक नभएकोले एमालेमै रहेको स्पष्ट पार्दछु । नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिन्ह सूर्यबाट म चुनावमा उम्मेदवार भएको हो ।

पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टीको दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नु हुन सबैमा आग्रह गर्दछु । कसैको सम्पर्कमा नआएपछि उहांलाई एमालेका नेताहरूले बन्धक बनाएको भन्ने आरोप समेत लगाएका थिए। तर उहांले आफ्नो स्वास्थ्यको समस्याका कारण सम्पर्क बाहिर रहेको बताउनुभएको थियो ।

०७४ साल मंसिरको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट उहाका पति उत्तरकुमार ओली एमालेबाट निर्वाचित हुनुभएको थियो । तर पछि उहांको सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उपनिर्वाचनमा विमलाकुमारी खत्री ओली सो क्षेत्रमा निर्वाचित हुनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group