ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिरोशिमा बम विस्फोटनको ७६ औँ बर्ष, हतियार मोह त्याग्न जापानको आग्रह


एबीसी / संवाददाता
२२ श्रावण २०७८, शुक्रबार   ६ : ५६   बजे

काठमाडौं । जापानी सहर हिरोशिमामा भएको आणविक बम विस्फोटको ७६ औँ बर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ ।यो वर्ष हिरोशिमा शहरले अगस्त ६, १९४५ मा शहरमा बम विस्फोट गराइँदा भएको क्षतिलाई फेरि एक सानो स्मृति समारोहमार्फत् स्मरण गरेको छ । शुक्रबार बिहान ८ः१५ बजे शान्ति स्मारक पार्कमा एकछिन मौन धारण गरिएको छ ।

सन् १९४५ को अगस्त ६ को बिहानी समयमा यस शहरमा बम विस्फोट भएको थियो । जापानस्थित क्योदो न्युजले जापानी अधिकारीलाई उद्धृत गरी भनेको छ, “जापानी प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो सम्बोधनमा गम्भीर सुरक्षा वातावरण र यस मामिलामा राष्ट्रहरूको स्थानबीच मतभेद बढ्दै गएको बेला आणविक निरस्त्रीकरणतर्फ ‘निरन्तर यथार्थवादी पहलहरू’ गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।

हिरोशिमा शहरका मेयर काजुमी मात्सुईले देशलाई आणविक प्रतिरोधमा विश्वास गर्नको सट्टा आगामी निर्माणमा लागि सम्वादमा लाग्न आग्रह गर्नुभएको थियो । दोस्रो विश्वयुद्धका बेला जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्ने आक्रामक प्रयासमा संयुक्त राज्य अमेरिकाले सन् १९४६ अगस्ट ६ मा हिरोशिमामा परमाणु बम खसालेको थियो । यसको तीन दिनपछि वासिङ्टनले जापानी शहर नागासाकीमा अर्को परमाणु बम खसालेको थियो । ती दुई घटनामा हजारौं मानिसको ज्यान गएको थियो भने नागासाकी बम विस्फोट भएको छ दिनपछि जापानले आफ्नो पक्षबाट युद्धको अन्त्य गर्दै सहयोगी सेनासहित अगस्त १५ मा आत्मसमर्पण गरेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ठेकेदार र क्यासिनो सञ्चालकले किन तिर्दैनन् करोडौं बक्यौता ?

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

सम्बन्धित

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

५० ड्रोनको स्वार्म प्रणाली बनाउँदै भारत, भविष्यको युद्धका लागि स्वदेशी सैन्य प्रविधिमा ठूलो फड्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu