ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 क्यानेडेली नागरिकलाई कानुन बमोजिम कारवाही गरिएको चिनियाँ परराष्ट्र मन्त्रालयको दावी


एबीसी / संवाददाता
२८ श्रावण २०७८, बिहिबार   ८ : ४७   बजे

बेइजिङ, २८ साउन:

चीनमा रहेका एक क्यानेडेली नागरिकले चीनको कानून विपरित गतिविधि गरेको भेटिएकोले उहाँमाथि कारबाही भएको बताएको छ ।

“चीनले आफ्नो देशको कानून बमोजिम नै चीनमा रहेका क्यानडाका व्यापारी माइकल स्पाभरीलाई कारवाही गरेको हो,” चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले बिहीबार पत्रकारद्वारा स्पाभरीविरूद्धको कारबाहीबारे सोधिएको प्रश्नको जवाफ दिँदै भन्नुभयो ।

चीनको एक अदालतले स्पाभरीलाई जासुसी गरेको आरोपमा हालै दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।

प्रवक्ता ह्वा छुन यिङले भन्नुभयो, “क्यानाडाले उसका केही सहयोगी मुलुकलाई हातमा लिएर गरी चीनको अदालतले चीनमा भएका क्यानेडेली नागरिकलाई ऐन बमोजिम कारवाही गरेकोमा प्रश्न गर्नु गलत हो । यसले चीनको कानुनी सार्वभौमिक अधिकारको हनन भएको छ । चीन यसको कडा शव्दमा निन्दा गर्छ । सम्बन्धित मुलुकहरुले कानुन बमोजिम प्रशासन गर्ने भावना गरी चीनको कानुनी सार्वभौमिकताको सम्मान गरी गैरजिम्मेवार भनाइ रोक्न हामी आग्रह गर्दछौँ ।

चीन र उत्तर कोरियाबीच यात्रा र सांस्कृतिक आदानप्रदान व्यवसाय चलाउने स्पाभरी जासुसी र अवैध रुपमा राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा दोषी ठहरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका थिए । अदालतले उहाँको केही निजी सम्पति पनि जफत गर्ने आदेश दिएको बताइएको छ ।

अमेरिकाको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकारी मेन वान्झाउलाई गिरफ्तार गरेको केही समयपछि सन् २०१८ को डिसेम्बरमा चीनमा हिरासतमा लिइएका दुई क्यानाडेलीमध्ये स्पाभरी एक हुनुहुन्छ । यता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने चीनले आफ्ना नागरिकलाई सुनाइएको सजायको फैसला बदलाको भावले उत्प्रेरित रहेको बताउनुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu