ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनुषामा छोराले गरे बुवा र श्रीमतीको हत्या, खाल्डोमा भेटियो गाडिएको शव


एबीसी / संवाददाता
८ भदौ २०७८, मंगलबार   ६ : ४२   बजे

धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । हत्या आरोपमा युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिकादेवी मण्डलको हत्या गरेका हुन् । भागेश्वरले आफू वैदेशिक रोजगारमा रहेको बेला श्रीमती र बुबाबीच अनैतिक सम्बन्ध रहेको आशङ्का गरी हत्या गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

दुवै जनाको शव घर नजिककै झाडीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको हो । एउटै खाल्डोमा ससुरा र बुहारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । रातिदेखि बेपत्ता ससुरा र बुहारीको खोजतलास गर्ने क्रममा झाडीमा माटो खनिएको जस्तो शङ्कास्पद ठाउँ देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर शव गाडेको स्वीकार गरेका थिए । त्यसपछि शव गाडेको ठाउँमा प्रहरीले घेरा हालेर शव निकालेको थियो ।

शव उत्खननपश्चात् प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने तयारी गरिरहेको छ । मृतक दुवैको टाउकोमा गहिरो चोट देखिएकाले रड प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । राति नै हत्या गरेर शव गाडेको शङ्का गरिएको छ । स्थानीयवासीका अनुसार गत वर्ष मात्र भागेश्वर वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशङ्का गर्दै आएका थिए । उनको श्रीमतीसँग दिनहुँ झैझगडा हुँदै आएको थियो । सोही आशङ्काको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ । भागेश्वर र अम्रिका देवीका दुई छोराछोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu