ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 स्मृतिमा मङ्गलादेवी सिंह : महिला अधिकारका लागि लड्ने साहसी महिला


एबीसी / संवाददाता
१० भदौ २०७८, बिहिबार   १० : ४४   बजे
काठमाडौँ, १० भदौ  :
 नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्षसमेत रहनुभएकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । स्व सिंहको जन्म विस १९८१ मा काठमाडौँमा भएको हो । विस १९९७ असारमा गणेशमान सिंहसँग विवाह भए पनि १९९७ कात्तिकमा गणेशमान सिंह प्रजापरिषद्मा लागेको भन्दै जन्मकैदको सजाय भएपछि उहाँ जहानियाँ राणा शासन विरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो ।
नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला मङ्गलादेवी महिला आन्दोलनको क्रियाशील व्यक्तित्व भएको बताउनुहुन्छ । मङ्गलादेवीको योगदानका कारण अहिले सरकार र पार्टीभित्र महिलाको एकतिहाइ अधिकार सुनिश्चित भएको उहाँको भनाइ थियो । “देशभर भएको सशस्त्र क्रान्तिमा मङ्गलादेवी, दिव्या कोइराला, सुष्मा कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, नोना कोइरालालगायत जेल पर्दा मैले उहाँलाई जेलमा भेटेको थिए, उहाँ साहसी महिला हुनुहुन्थ्यो”, उहाँ भन्नुहुन्छ ।
मङ्गलादेवी विसं २००४ मा भूमिगत सङ्गठनका रुपमा नेपाल महिला सङ्घको स्थापना गरेर अध्यक्ष हुनुभएको थियो । विसं २००५ मा पद्मशमशेरले गरेको सुधारप्रति असन्तोष प्रकट गर्दै उहाँ जुलुस लिएर राणाको दरबार पुग्नुभएको थियो । विसं २००७ को सशस्त्र क्रान्तिमा उहाँले ठूलो भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी नेपालको प्रजातन्त्र स्थापनामा मङ्गलादेवीको ठूलो योगदान रहेको बताउनुहुन्छ । “निर्वाचनमा महिलालाई भोट दिने अधिकार, महिलालाई शिक्षा दिने अधिकार उहाँकै योगदानबाट सम्भव भएको हो”, उहाँ भन्नुहुन्छ ।
उहाँलाई विसं २०१७ मा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो । उहाँ विसं २०२५ पछि आठ वर्ष प्रवासमा रहनुभएको थियो । मङ्गलादेवी विसं २०४२ मा सत्याग्रह र विसं २०४६ को आन्दोलनमा पनि सक्रिय रहनुभएको थियो । विसं २०४८ प्रतिनिधिसभा निर्वाचनमा उहाँ पराजित हुनुभयो । उहाँले ‘नारी सङ्घर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तकसमेत प्रकाशन गर्नुभएको छ । सिंहको निधन विसं २०५३  भदौ १० गते भएको थियो ।
कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह उहाँका छोरा हुनुहुन्छ । मङ्गलादेवीको स्मृति दिवसकै अवसर पारेर आज नेपाल महिला सङ्घ केन्द्रीय समितिले धापासीस्थित केन्द्रीय कार्यालयमा रहेको प्रतिमामा माल्यार्पण गर्ने गरेको छ । यस्तै उहाँको स्मृति दिवसको अवसर पारेर देशभर नेपाल महिला सङ्घले विभिन्न कार्यक्रम गर्ने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
मङ्गलादेवीको शालिकमा माल्यार्पण
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवीको २६ औँ स्मृति दिवसका अवसरमा उहाँको शोभाभगवतीस्थित शालिकमा माल्यापर्ण कार्यक्रम आयोजना गरिएको छ । नेपाल महिला सङ्घ काठमाडौँको आयोजनामा आज आयोजना गरिएको कार्यक्रममा कांग्रेस नेता प्रकाशमानलगायत नेताले शालिकमा माल्यार्पण गर्नुभयो ।
माल्यार्पणपछि कांग्रेस नेता प्रकाशमानले नेपालको महिलामुक्ति आन्दोलन र महिला अधिकारका लागि आवाज उठाउने महिलानेत्री उहाँ भएको बताउनुभयो । महिलालाई सङ्गठित बनाउन मङ्गलादेवीको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो । “नेपालमा एकतन्त्रीय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् स्व मङ्गलादेवीको महत्वपूर्ण योगदान रहेको छ”, उहाँले भन्नुभयो ।
अर्को फरक प्रसङ्गमा उहाँले प्रजातान्त्रिक पार्टी कांग्रेसको महाधिवेशन समयमै निष्पक्ष र धाँधलीरहित तवरले हुनुपर्ने बताउनुभयो । विधि, प्रक्रिया पूरा नगरेकाले अहिले कांग्रेसभित्रको क्रियाशील सदस्यतामा विवाद देखिएको उहाँको भनाइ थियो । उहाँले संविधानमा नै महिलालाई ३३ प्रतिशत अधिकारको सुनिश्चित गरेकाले पार्टीले पनि ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो । पार्टीलाई संस्थागतरुपमा अगाडि बढाउनका लागि महिलाले विवेकसम्मत ढङ्गले मताधिकार प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा पूर्वमन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, कांग्रेस काठमाडौँका सभापति सबुज बानिँया, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, नेपाल महिला सङ्घ काठमाडौँका सभापति विष्णुदेवी पुडासैनीलगायतको सहभागिता थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group