ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभामा आकासे निलो र राष्ट्रियसभामा रातो रङका कुर्सी प्रयोग हुने


sharan sharan
१९ पुस २०७४, बुधबार   ११ : ४०   बजे

काठमाडौँ, १९ पुस । व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको तय गरेको छ ।

सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकासे निलो र राष्ट्रियसभाको बैठक कक्षमा रातो कलरको सिटकभर र कार्पेट प्रयोग हुनेछ ।

अन्तरराष्ट्रिय अभ्यासमा धेरैजसो उपल्लो सदनमा रातो र तल्लो सदनमा हरियो रङ प्रयोग भएको भएपनि । हामीले शान्तिको प्रतीक निलो र राष्ट्रिय झण्डामा प्रयोग भएको रातो रङ छनोट गरेका गौतमले बताए।

संसद् सचिवालयले विश्वमा संघीयताको उत्कृष्ट अभ्यास गरिरहेका अष्ट्रेलिया र युक्रेनजस्ता मुलुकले अवलम्बन गरेका संसदीय गतिविधिबारे अध्ययन÷अवलोकन गरी त्यहाँका सकारात्मक पक्षलाई हामीले पनि केकस्तो ढंगबाट ग्रहण गर्न सकिन्छ भन्ने हेतुले केही दिन अघि उच्चतहका अधिकृतलाई ती मुलुकमा पठाएको थियो ।

अध्ययन टोलीले ती मुलुकका संसद्ले अनुसन्धान र पुस्तकालयलाई सर्वाधिक महत्व दिएका कारण धेरै विद्यार्थी र पर्यटकको पहिलो रोजाइको गन्तव्य संसद् नै हुने गरेको तथ्य फेला परेको थियो ।

व्यवस्थापिका–संसद् सचिवालयले संघीय संसद्लाई सांसद र प्रविधिमैत्री बनाउने सन्दर्भमा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

माघ १५ सम्म राष्ट्रियसभाको बैठक कक्ष

सो क्रममा प्रतिनिधिसभा तथा संयुक्त बैठक गर्नुपर्दाका लागि नयाँ बानेश्वरस्थित विगतमा संविधानसभा सञ्चालनमा रहेको मूल सभाकक्ष र राष्ट्रियसभाको लागि सोही भवनको पूर्वतर्फको नुप्से हलको आवश्यक मर्मत सुधार भइरहेको छ । प्रतिनिधिसभाको हलमा ३३४ वटा कुर्सी रहनेछन् ।

त्यस कामका लागि रु तीन करोड ५० लाख खर्च लाग्ने बताइएको छ । माइक र सिटलगायत पूर्वाधारको हिसाबले प्रतिनिधिसभा बैठक कक्ष पुस मसान्त र राष्ट्रियसभाको हल माघ १५ गतेसम्ममा तयार भइसक्ने डा गौतमले बताउनुभयो । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभा ५९ सदस्य हुने सवैधानिक व्यवस्था रहेको छ ।

संसद् सचिवालयले संघीय संसद्, यसको भूमिका, संसद्बारे संविधानमा भएका व्यवस्था, विधेयकको उत्पत्ति, अघि बढाउने तौरतरिका र पास हुने विधि प्रक्रिया, प्रतिनिधिसभा र राष्ट्रियसभाबीचको सम्बन्धलगायतका विषयमा सांसदलाई प्रशिक्षण गराउन अभिमुखीकरण गर्नेलगायत अधिवेशनको प्रारम्भिक दिनमा गर्नुपर्ने कार्यमा अहिले जुटिरहेको छ ।

प्रवक्ता गौतमले भन्नुभयो– सघीय संसद्को अधिवेशनका लागि अहिले हामी तयारीको चरणमा छौँ । अधिवेशन आह्वान अघि सचिवालयले तयार गर्नुपर्ने कार्य भइरहेको छ ।

पुस्तकालय र अनुसन्धान संस्थागतरुपमै

आगामी दिनमा संसद् सचिवालयले पुस्तकालय र विशेषज्ञसहितको अनुसन्धान कार्यलाई संस्थागतरुपमा नै विकसित गर्ने सोच बनाएको छ ।

वार्षिक सञ्चालन खर्च एक अर्ब ७० करोड

सचिवालयले संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० सञ्चालन गर्न वार्षिक रु एक अर्ब ७० करोड खर्च लाग्ने प्रारम्भिक अनुमानित आँकडा पनि निकालेको छ ।

व्यवस्थापिका–संसद्मा दर्ता भएका र पारित भएका विधेयकको अवस्था अहिले शून्य रहेको छ । कुनै पनि विधेयक अब नयाँ चरणबाट प्रवेश हुनुपर्नेछ । प्रक्रियाका हिसाबले सबैभन्दा पहिले अब सांसदको शपथग्रहणकै कार्यक्रम हुनेछ । त्यसपछि मात्र सांसदहरु औपचारिकरुपमा सदनका बैठकमा भाग लिन योग्य हुनुहुनेछ ।

शपथपछि परिचयात्मक कार्यक्रम र त्यसपछि विगतको अभ्यासअनुसार सभामुख र उपसभामुखको निर्वाचन हुनेछ । सरकारको सिफारिशमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान हुनेछ ।

मुलुकमा दुई वा त्योभन्दा बढी राजनीतिक दलको सरकार गठन भएको खण्डमा गठन भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

संसद्को प्रारम्भिक दिनमा सदनले आफ्नो अन्तरिम कार्यविधि र नियमावली बनाउने प्रवक्ता गौतमले जानकारी दिनुभयो । सचिवालयले आगामी दिनमा सांसदको गरिमा बढाउन संघीय सांसदको पहिचान झल्कने लोगो केकस्तो ढंगबाट बनाउन सकिन्छ भन्नेबारेमा पनि गृहकार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group