ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण अफ्रिकामा रेल दुर्घटना चार जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते


sharan sharan
२० पुस २०७४, बिहिबार   ६ : १३   बजे

अफ्रिका, २० पुस । दक्षिण अफ्रिकामा विहीबार भएको एक रेल दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका चिकित्सक तथा प्रत्यक्षदर्शीले एएफ्पीसँगको कुराकानीमा बताएका छन् ।द्रुतगतिमा रहेको रेल एक मालवाहक ट्रकसँग ठोक्किँदा उक्त दुखद् घटना भएको प्रहरीले जनाएको छ ।


जोहानेसवर्गबाट करिब २०० किलोमिटर दक्षिणपश्चिममा अवस्थित क्रुनस्टाड नजिकै भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बढी यात्रु गम्भीर घाइते भएका छन्,चिकित्सकले ट्वीटरमार्फत बताएका छन् ।

घटनास्थलमा तत्काल पुगी प्राथमिक उपचार दिइरहेको ९११ नेटकेयर आपतकालिन स्वास्थ्य सेवाका चिकित्सकले केही गम्भीर घाइतेलाई प्राथमिक उपचारपछि अस्पताल पठाइएको बताए । घाइतेमध्ये केही जनालाई गम्भीर चोट लागेकाले मृतकको सङ्ख्यामा थप वृद्धि हुने जनाइएको छ ।

यसैबीच अमेरिकी समाचार संस्था एपीले घाइतेको सङ्ख्या १०० भन्दा बढी भएको संक्षिप्त समाचार दिएको छ ।

स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले दुर्घटनास्थलबाट प्राप्त रेलमा आगलागीसमेत भएको र रेलका डब्बाबाट धुँवाको कालो मुस्लो निस्केका दृश्य सार्वजनिक गरेका छन् ।

अफ्रिकामा नयाँ बर्षको अवसरमा आफ्ना घर तथा विदा मनाउन विभिन्न गन्तव्यमा गएका नागरिक काममा फर्किने क्रम जारी रहेका कारण यतिबेला सवैतिर यातायातका साधनमा भीडभाड हुने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu