ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भण्डारण गरिएको आलु कुहिएर नष्ट, किसानको प्रश्न– अब के रोप्ने ?


एबीसी / संवाददाता
२४ कार्तिक २०७८, बुधबार   ४ : ३२   बजे

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटका किसानले खाडलमा भण्डारण गरी राखिएको सयौं क्विन्टल आलु कुहिएर नष्ट भएको छ ।

सिमकोट गाउँपालिका–५ तल्लो गाउँका किसानले हिउँदको समयमा तरकारी र बीउका लागि खाडलमा भण्डारण गरिएको आलु कुहिएर नष्ट भएको हो । तरकारी र बीउका लागि भण्डारण गरी राखिएको सयौँ क्विन्टल आलु कुहिएर नष्ट भएपछि यहाँका किसान चिन्तित भएका छन् । बीउका लागि र हिउँदमा खानका लागि खाल्डोमा भण्डार गरी राखिएको आलु कुहिएपछि थप समस्या बनाएको सिमकोट गाउँपालिका–५ का किसान माल्ती रोकायाले दुःखेसो गर्नुभयो ।

शीतभण्डारका लागि घर नजिकैको बारीमा खाल्डो खनेर राखिएको आलु कुहिएर खेर गएको स्थानीयवासी किसान रोकायाले बताउनुभयो । ६० केजीका नौ बोरा आलु जमिनमा खाल्डो खनेर गाडेको भए पनि कात्तिक पहिलो हप्ता तीन दिनको अविरल वर्षाले पानी पसेर कुहिएपछि त्यत्तिकै फाल्नुपरेको उहाँले बताउनुभयो । सबै आलु कुहिएपछि खान मात्र नभइ बीउ जोगाउनै मुस्किल भएको छ । यसैगरी स्थानीयवासी सुकिल्ली रोकायाको पनि आठ बोरा आलु कुहिएर काम नलाग्ने भएको छ । बारीमा खाल्डो खनेर गाडेर राखेको हिउँदका लागि तरकारी खाने र बीउका लागि राखेको आलु कुहिएर काम नलाग्ने भएपछि सबै फाल्नु परेको उहाँको भनाइ छ ।

अविरल वर्षाले आलु कुहिएपछि त्यत्तिकै खेर गएको स्थानीयवासी अर्का किसान मुक्ति रावतले बताउनुभयो । खाने आलुभन्दा बीउका लागि समस्या भएको उहाँको भनाइ छ । शीत भण्डारका लागि खाल्डो खनेर जमिनमा गाडिएको आलु वर्षाका कारण कुहिएपछि किसान हिउँदमा खाने तरकारी र बीउका लागि चिन्तित भएका हुन् । सिमकोट गाउँपालिका–५ का अधिकांश किसानको तीनदेखि चार क्विन्टल आलु कुहिएर खेर गएको छ । आलु भण्डारणका लागि उपयुक्त साधनस्रोत नहुँदा हिउँदमा खाने र बीउका लागि खाडलमा राखिएको आलु नष्ट हुँदा लाखौं मूल्य बराबरको नोक्सानी भएको वडा नं ५ सुन्दर रावतले बताउनुभयो । उहाँले भन्नुभयो,“हिउँदमा अधिकांश किसानले खाडलमा भण्डारण गरिएको आलु बिक्री समेत हुने गथ्र्यो तर यो वर्ष बेमौसमी वर्षाले ठूलो क्षति गरेको छ ।” अब अर्को वर्ष बीउका लागि यहाँका किसानलाई थप समस्या निम्तिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने, काठमाडौंमा अपराह्नपछि वर्षाको सम्भावना

काठमाडौँ ल्याइएका पहिचान नखुलेका शवको व्यवस्थापन सुरु, दुई दिनमा ८५ शव गोकर्णेश्वरमा पुरियो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu