ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले महाधिवेशन खर्च पार्टी सदस्यबाटै उठाउने, एक जनाले सय रुपैयाँ दिनुपर्ने


एबीसी / संवाददाता
२४ कार्तिक २०७८, बुधबार   ५ : ४९   बजे

काठमाडौं । नेकपा एमालेको आगामी मंसिर १० देखि १२ सम्म हुने दशौं राष्ट्रिय महाधिवेशनमा खर्च हुने रकम पार्टी सदस्यहरुबाटै उठाउने भएको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बुधबारको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा रु १ सयका दरले संकलन गर्ने निर्णय गरेको हो । उक्त रकम पार्टी सदस्यहरुले अनलाइनमार्फत पार्टीको खातामा जम्मा गर्नुपर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ्। उहा“का अनुसार आजका मितिसम्म देशभर एमाले संगठित सदस्य ७ लाख २० हजार रहेका छन् । ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुने उहा“को भनाइ छ ।

बैठकले विभिन्न उपसमितिहरूले पेश गरेका प्रतिवेदन र कार्ययोजनामाथि छलफल गर्दै परिमार्जनसहित पारित गरेको छ । चितवनको नारायणी किनारमा अध्यक्ष केपी ओलीले मंसिर १० गते १२ बजे उद्घाटन गर्नेे महाधिवेशनको उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट व्यापकसमेत गरी कम्तिमा ५ लाखको जनसहभागिता जुटाउने एमालेले जनाएको छ । महाधिवेशनमा विभिन्न ६२ मुलुकका राजनीतिक पार्टीलाई अतिथिका रुपमा बोलाउने एमालेले जनाएको छ । उनीहरुलाई निमन्त्रणा पठाइसकेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । त्यस्तै मुल व्यवस्थापन समितिको बैठकले कात्तिक २७ गते देशभरीका १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने र उनीहरुको विवरण ३० गतेभित्र केन्द्रमा उपलव्ध गर्न निर्देशन समेत दिएको छ ।

एमाले महाधिवेशनको बन्द सत्र सौराहामा गर्ने तयारी गरेको एमालेले सोही आसपासका होटलमा प्रतिनिधिहरूलाई आवासको व्यवस्था मिलाएको छ । विद्युतीय प्रणालीमार्फत मतदानको व्यवस्था मिलाएको एमालेले १० गते उद्घाटन सकेपछि ११ गते निर्वाचन प्रक्रिया आरम्भ गर्ने र १२ गते नै परिणाम घोषणा गर्ने तयारी गरेको छ । एमालेले महाधिवेशनको प्रचार प्रसार भित्तेलेखन र पोष्टर पम्प्लेटबाट नगरी डिजिटल माध्यमबाट गर्ने र त्यसका लागि सोसल मिडिया र सामाजिक सञ्जाल प्रयोग गर्ने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group