ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा चिसोले कठ्याग्रिंएर ६ जनाको  मृत्यु


एबीसी न्यूज
२२ पुस २०७४, शनिबार   १० : २३   बजे

सप्तरी, २२ पुस । विगत एक सातादेखी बढेको अत्याधिक चिसोका कारण कठ्याग्रिंएर सप्तरीमा तीन जनाको मृत्यु भएको छ । यो सँगैै सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्लाको महदेवा गाँउपालिका वडा नं. २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादब शुक्रबार बिहान घर नजिकैको नहरको डिलमा शौच गर्न जाँदा चिसोका कारण ढलेका थिए । ढलेको देखेर स्थानियहरुले उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको स्थानिय रामदेव यादबले जानकारी दिएका छन् ।  यस्तै बुधवार राजबिराज नगरपालिका वडा नं। ११ झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग र बिहीबार वडा नम्वर २ का ६० वर्षकी नाजो बेगमको मृत्यु भएको वडा २ का अध्यक्ष अरुण यादबले जानकारी दिएका छन् ।

यसअघि सोमवार र मंगलवार जिल्लाको छिन्मस्ता गाँउपालीका १ बिरपुरका ३६ वर्षीया कुलदिप राय र सोही वडाका ३५ वर्षीय रामदयाल राम तथा एक साता अगाडी सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको वडाध्यक्ष बिनोद यादबले जानकारी दिएका छन् ।

यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जिल्लामा चिसोका कारण कुनै मानविय क्षति नभएको दाबी गरेका छन् । प्रजिअ पाण्डेयले हालसम्म जिल्लामा ६ हजार कम्बल र ५ हजार म्याट वितरण भइसकेको र कुनै मानविय क्षति नभएको दाबी गरे । उनले चिसोबाट अति प्रभावित जिल्लाका छिन्नमस्ता गाउँपालिकामा ५ सय कम्बल बितरण गरिएको तथा राजविराज, हनुमाननगर, महदेवा लगायतका क्षेत्रमा समेत कम्बल र म्याट वितरण गरिएको बताए । त्यस्तै बालबालिकाका लागि न्यानो झोला सम्पूर्ण स्थानिय तहलाई हस्तान्तरण गरि वितरण गर्न १८ वटै स्थानिय तहका प्रमुखहरुलाई निर्देशन दिएको जानकारी दिए ।

उनले चिसोबाट बच्नका लागि विभिन्न स्थानमा वन कार्यालयको सहयोगमा दाउरा बाल्ने प्रहरी, सेनाको सहकार्यमा कार्य सूचारु गरिसकेको दाबी गरे । यता चिसो हावासंगै शितलहरी बढेपछि बिहीवारदेखी सप्तरी जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ भने निजि विद्यालयहरु संचालन नै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

बालेन सचिवालयको दबाब अस्वीकार गर्दै टेलिकमले एकीकृत टेन्डरबाटै बिलिङ प्रणाली खरिद गर्ने

लोकतन्त्र केवल चुनाव होइन, बलियो संस्थाको नाम पनि हो

नागपञ्चमीका लागि धापाखेलको नागदहमा भव्य मेला तयारी पूरा

बक्यौता तिर्ने दबाबमा इन्टरनेट सेवा प्रदायक : सर्वोच्चमा मुद्दा विचाराधीन, सरकारसँग समय र किस्ताबन्दी सुविधा मागियो 

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu