काठमाडौं २७ असार । संविधान संशोधनका लागि सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ । ्
मंगलबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा एमालेले अहिले संसोधन प्रस्ताव गर्न नसकिने बताएपछि बैठक बिना निष्कर्ष सकिएको हो । बैठकमा सहमतिमै संशोधन प्रस्ताव गर्ने, तीनै तहको निर्वाचनपछि मात्र गर्न संसोधन गर्ने र राजपालाई निर्वाचनका ल्याउन वातावरण बनाउने तीन बिषयमा छलफल भएको थियो । बैठकमा एमालेले तीनै तहको निर्वाचनपछि मात्र गर्न संसोधन गर्नका लागि सरकारलाई आग्रह गरेको एमाले नेता भिम रावलले बताउनुभयो ।
यस्तै काग्रेस नेता बिमलेन्द्र निधीले संशोधनको पक्षमा सरकार दृढ रहेपनि अहिले संशोधनका लागि एमाले तयार नभएको भन्दै राजपासंग थप छलफल गर्ने बताउनुभयो ।
एमालेले संबिधान संशोधन अगाडी बढाउन नदिने भएपछि राजपासंग थप छलफल गरेर मात्र निष्कर्षमा पुग्ने सकिने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
सरकारले राजपालाई पनि तीनै तहको निर्वाचनमा सहभागी गराउन संविधिान संशोधनको प्रस्तावमा सहयोग गर्न बैठक बोलाएपनि एमालेले पुरानै अडान दोहो¥याएपछि बैठक विना निष्कर्ष बैठक सकिएको हो ।
प्रतिक्रिया दिनुहोस्