ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशमा पहिलो पटक अधिवेशन गर्दै कांग्रेस, को–को छन् सभापतिका आकांक्षी ?


एबीसी / संवाददाता
१७ मंसिर २०७८, शुक्रबार   ७ : ०४   बजे

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा पार्टीभित्रका तीनै समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।
मुलुकमा संघीयता लागू भएपछि नेपाली कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । प्रदेश कार्यसमितिको नेतृत्वका लागि मुख्यतया संस्थापनको नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह प्रतिष्पर्धामा छ । यद्यपि १३ औं महाधिवेशनबाट कांग्रेसमा ‘तेस्रो धार’ का रुपमा देखिएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह पनि प्रदेश कार्यसमितिको नेतृत्व लिन प्रयासरत छ ।

प्रदेश कार्यसमितिको नेतृत्वका लागि यो समूहले नेता सिटौलाको गृह प्रदेश १ मा संस्थापनस“ग तालमेल गरेको छ । सिटौला समूहले प्रदेश १ मा संस्थापन समूहस“गको तालमेलमा झापाका निवर्तमान अध्यक्ष उद्धव थापालाई सभापतिका रुपमा अघि सारेको छ । प्रदेश १ मा थापास“ग चुनावी प्रतिस्पर्धाका लागि पौडेल समूहले केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई मैदानमा उतारेको छ । संस्थापन समूहस“ग प्रदेश १ मा सिटौला समूहले तालमेल गरे पनि बागमतीमा भने तीनवटै समूह प्रतिष्पर्धामा उत्रिएका छन् । बागमती प्रदेश सभापतिका लागि संस्थापन समूहले पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानिया“, पौडेल समूहले नुवाकोटका निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी र सिटौला समूहले पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानलाई अघि सारेको छ । गण्डकीमा संस्थापनले अर्जुनप्रसाद जोशीलाई र पौडेल समूहले शुक्रराज शर्मालाई उम्मेदवार बनाएको छ । यस्तै लुम्बिनी प्रदेशमा संस्थापन पक्षीय भरत शाह र पौडेल पक्षीय अमरसिंह पुन प्रतिष्पर्धामा छन ्।

कर्णाली सभापतिका लागि पौडेल समूहले युवा नेता भुपेन्द्रजंग शाहीलाई अघि सारेको छ । त्यहा“ संस्थापन समूहबाट ललितजंग शाही अघि सरेका छन् । सुदूरपश्चिम प्रदेशमा संस्थापनबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर सभापतिमा प्रस्ताव गरिएको छ । सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा पौडेल समूहस“ग सहमति हुने भनिए पनि त्यो सम्भव भएन । पौडेल समूहले भने नाम टुंग्याउन बा“की छ । सर्लाहीमा विवाद देखिएपछि प्रदेश २ मा भने अधिवेशन प्रभावित भएको छ । प्रदेश २ मा विवादका कारण शुक्रबार मनोनयन रोकिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सर्लाहीमा शुक्रबार प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सकेर शनिबार मनोनयन दर्ता कार्यतालिका निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाकालीमा पानीको बहाव यो वर्षकै उच्च, बनबासा पुलमा सवारी आवागमन प्रभावित

‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन भन्नु उचित होइन’ : रास्वपा सचेतक धिताल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu