ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको अहम्ताका कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको हो– अध्यक्ष नेपाल


एबीसी / संवाददाता
२० मंसिर २०७८, सोमबार   ६ : ५१   बजे

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण तथा सङ्घीयताको रक्षा गर्न राजनीतिक दलबीच गठबन्धन निर्माण भएको बताउनुभएको छ । लोकतन्त्र, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गर्न सत्तारूढ दलहरुबीच आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने उहाँले उल्लेख गर्नुभयो ।

पार्टी सम्बद्ध नेपाल खेलकुद महासङ्घ समाजवादीले आज दमकमा आयोजनामा गरेको प्रदेशस्तरीय खेलकुद तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो, “तीनै तहका निर्वाचनमा सत्तारूढ दलहरुको गठबन्धनले थप सफलता हासिल गर्छ, त्यसमा द्विविधा छैन् ।” नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा आयोजित प्रदेशस्तरीय खेलकुद कार्यक्रममा अध्यक्ष नेपालले ओलीको अहम्ताका कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको आरोप लगाउनुभयो । आउँदो निर्वाचनमा एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टीका रुपमा स्थापित हुने उहाँले दाबी गर्नुभयो ।

पार्टीका प्रदेश नं १ कमिटीका अध्यक्ष एवम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्र र सङ्घीयताको कार्यान्वयन गर्दै देशलाई समृद्धितर्फ लैजान साझा चुनौती भएको उल्लेख गर्नुभयो । पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले एमाले कम्युनिष्टका नाममा पलायनतर्फ उन्मुख भएकाले त्यसको विकल्पमा देशभक्ति कम्युनिष्टहरुबीच एकता निर्माण गर्ने लक्ष्यका साथ एकीकृत समाजवादी जनताका बीचमा आएको स्पष्ट पार्नुभयो ।

भेलामा प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका खेलाडीसहित पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल खेलकुद महासङ्घ समाजवादीका केन्द्रीय अध्यक्ष केशवबहादुर विष्टलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group