ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पको विनाशलाई अवसरमा बदल्न नेपाल सफल – प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता
२३ मंसिर २०७८, बिहिबार   ८ : ५१   बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको उद्धार तथा राहतदेखि पुनःनिर्माणसम्म मित्र राष्ट्र, अन्तर्राष्ट्रिय निकाय र समुदायको महत्वपूर्ण सहयोग रहेको बताउनुभएको छ ।

नेपालको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ समापन समारोहलाई आज राजधानीमा सम्बोधन गर्नुहुँदै उहाँले भूकम्पपछिको पुनःनिर्माणले नेपालको अर्थतन्त्रमा पनि योगदान गरेको बताउनुभयो । अझ राम्रो र बलियो पुनःनिर्माणको दृढतासहित नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको प्रधानमन्त्री देउवाले सुनाउनुभयो ।

“विनाशकारी भूकम्पको छ वर्षपछि पुनःनिर्माण र पुनःस्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ, भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकुलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौँ”, उहाँले भन्नुभयो । पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको पुनःनिर्माणलाई सफलताको चरणमा पु¥याएकोमा प्राधिकरणलाई धन्यवाद दिँदै पुनःनिर्माणपछिको उपलब्धि हासिल हुनुमा अन्तर्राष्ट्रिय समुदायको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । विपद् जोखिमबाट मुक्त नेपाल निर्माणतर्फ अघि बढ्न विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणलाई स्वायत्त तथा अधिकारसम्पन्न बनाउनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकरात्मक अभ्यास तथा अनुभवहरु आदानप्रदान भएको बताउनुभयो । पुनर्निर्माणका क्रममा प्राप्त अनुभव भावी पुस्ताका लागि मात्र नभएर विश्वका अन्य भागलाई पनि उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले पुनर्निर्माणमा स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी गराउनुभयो । आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्थानीय सरकारलाई सामथ्र्यवान बनाइनुपर्ने उहाँको माग थियो ।

समापन कार्यक्रममा नेपालका लागि चीनका राजदूत होऊ यान्छी, भारतीय दूतावासका प्रथम सचिव करुण बंशल, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नद काउचोइस, जापान सहयोग नियोग ९जाइका० का प्रमुख प्रतिनिधि युमिको आशाकुमा, युएसएडकी नेपाल मिसन निर्देशक सेपिड केभान्साड, एफसिडिओको भारत एवं हिन्द महासागर निर्देशक बेन मेलरलगायतले नेपालले पुनःनिर्माण तथा पुनस्र्थापनाबाट आफूहरुले पनि सिक्ने अवसर पाएको बताउनुभयो ।

विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हर्टविग स्काफर र युएनडिपीकी उप महानिर्देशक कानी विग्नाराजाले भिडियो सन्देशमार्फत आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजै सम्मेलनअन्तर्गतका १० वटा विषयगत सत्रहरु सम्पन्न भएका छन् । बुधबार उद्घाटनसँगै सम्मेलनका १० वटा सत्र सम्पन्न भएको थियो । सम्मेलनको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

समापन कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, नेपालस्थित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो । सम्मेलनपछि जारी घोषणापत्रमा स्थानीय सरकारलाई योजना, प्राविधिक एवं व्यवस्थापकीय हिसाबले सामथ्र्यवान बनाउनुपर्नेमा जोड दिँदै विपद् उत्थानशीलताको विकास गर्न विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणलाई प्रष्ट कार्यादेश, संचना, अधिकार र स्वायत्तता प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पपछिको पुनःनिर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा भौतिक रुपमा उपस्थित र जुम मार्फत् जोडिएका गरी करिब एक हजार जनाको सहभागिता रहेको प्राधिकरणले जनाएको छ । सम्मेलनका सहभागीलाई शुक्रबार पुनःनिर्माण भएका स्थलमा अवलोकन एवं अध्ययनका लागि लैजाने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group