ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस महाधिवेशनमा भारतीय नेताको शुभकामना : भारत समृद्ध र सुदृढ नेपाल चाहन्छ


एबीसी / संवाददाता
२४ मंसिर २०७८, शुक्रबार   ५ : २३   बजे

काठमाडौं । भारतीय जनता पार्टीका नेता डा हर्ष वर्धनले भारत स्थिर, समृद्ध र सुदृढ नेपालको पक्षमा रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विचारबारे आफुलाई राम्ररी ज्ञान भएको उल्लेख गर्दै नेता हर्ष वर्धनले भन्नुभयो, “उहाँ एक सुदृढ, मजबुद र स्थीर नेपाल होस्, भारत नेपालको सम्बन्ध दिन प्रतिदिन मजबुद होस्, संस्कृति र सम्पर्क सञ्जाल ९सडक, रेल, हवाई तथा उर्जा० सम्बन्ध सुमधुर होस् भन्ने चाहनुहुन्छ ।”

समारोहमा उहाँले नेपाल र भारतको सम्बन्ध अझै सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भारत जुनसुकै सम्पर्क सञ्जालबाट जोड्न र आपसी सम्बन्धलाई अझै मजवुद बनाउन चाहेको उल्लेख गर्नुभयो । उहाँले भारतमा समेत यती धेरै पूर्वप्रधानमन्त्री एकसाथ एउटै मञ्चमा बसेको नदेखेको र यस्तो संस्कार अन्य देशमा विरलै पाउन सकिने बताउनुभयो । राजनीतिक जीवनमा यस प्रकारको कार्यक्रम दुनियाँमा सायदै देखिएको भन्दै यहाँको यो राजनीति संस्कार प्रेरणादायी रहेको विचार राख्नुभयो । विसं २०७२ को भूकम्पका बेला नेपाललाई जत्तिकै भारतलाई पनि दुखेको स्मरण गर्दै नेता वर्धनले नेपालीलाई कुनै पनि समस्या पर्दा भारतीय नगरिकलाई दुख्ने बताउनुभयो ।

उहाँले भारत र नेपालको सम्बन्ध दिन प्रतिदिन सुमधुर बन्दै गएको र रेल, सडक वा हवाई सञ्जाल होस् या विद्युत तथा उर्जाको विषयमा समेत बलियो सम्पर्क र सहयोग रहँदै आएको पनि बताउनुभयो । नेता वर्धनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष जेपी नड्डाको तर्फबाट पनि शुभकामना दिनुभएको थियो । उहाँ चितवनमा हालै सम्पन्न नेकपा एमाले को महाधिवेशनमा समेत सहभागी हुनुहुन्थ्यो । त्यसैगरी समारोहमा भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वासनिकले आफू ३४ साल पहिला सन् १९४७ मा संयुक्त राष्ट्रसङ्घको महाधिवेशनमा बोल्ने समयमा गौरवान्वित भएको र सोही अनुसार नै अहिलेको यो महाधिवेशनमा बोलेर गौरवको अनुभूति भएको उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रको महत्वपूर्ण कडी कांग्रेस रहेकाले पनि त्यो गौरव महसुस गराएको बताउनुभयो । भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भारत र नेपाल सम्बन्ध हरेक दृष्टिकोणले अन्य मुलुककसँगको सम्बन्धभन्दा फरक र नमूनायोग्य रहेको बताउनुभयो ।

उहाँले दुई देशबीच समस्या हुनसक्ने र त्यसलाई आपसमा भाइचारा र मित्रताको आधारमा पूर्ण भरोसाका साथ समाधान गर्न सकिने पनि बताउनुभयो । आपसी सम्बन्ध प्रगाढ बनाउन आफ्नो पार्टी हरेक भूमिका निर्वाह गर्न तयार रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले भारतले नेपाललाई हरेक दृष्टिकोणबाट उच्च प्राथमिकता दिएको पनि उहाँले जानकारी दिनुभयो ।उहाँँले स्थिर र शान्तिपूर्ण नेपाल नै भारतको प्राथमिकता रहेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष सोनिया गान्धी यहाँ आउन चाहे पनि नयाँ दिल्लीमा लोकसभाको अधिवेशन शुरु भएकाले उपस्थित हुन नसकेको जानकारी गराउँदै उहाँका तर्फबाट पनि महाधिवेशनको सफलताको शुभकामना दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group