काठमाडौं । प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।लोसपाका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै पार्टीले बैठक अवरुद्ध गरेको जानकारी दिनुभयो ।
बुधवार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवले सामाजिक विकासमन्त्री साहलाई प्रदेश सभामा प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेस गर्न अनुमति दिँदा प्रमुख सचेतक साहले विरोध जनाएपछि बैठक अवरुद्ध गरिएको हो ।
लोसपाले अध्यादेश पेश गर्न नदिएपछि सभामुख सरोज यादवले प्रदेशसभा बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका थिए। प्रदेश सरकारले केही सातअघि प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्