ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य छैन – अध्यक्ष नेपाल


एबीसी / संवाददाता
११ पुस २०७८, आइतबार   ७ : ५५   बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९माअ‍ेवादी केन्द्र०को आठौँ महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष नेपालले देश विकासका लागि नागरिक अधिकार प्रधान हुने विचार व्यक्त गर्दै जनताको लामो सङ्घर्षबाट राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना गरिएकाले आर्थिक समृद्धिको जनचाहनालाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशको इतिहासलाई अगाडि बडाउन, नयाँ नेपाल बनाउने मान्यतालाई आत्मसात गरी आवश्यक विधि विधान निर्माणमा महाधिवेशन केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक पार्टी विद्यमान गरिबी, असमानता, अन्याय, अत्याचार, विभेद, शोषणबाट जनतालाई मुक्त गर्न संवेदनशील हनुपर्ने बताउँदै उहाँले मुलुकको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने विषयमा सबै दल एकताबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले देशलाई व्यवस्थित तरिकाले अगाडि बढाउन संविधानको खाँचो रहेको उल्लेख गर्दै पार्टी चलाउन विधि र विधान आवश्यक पर्ने, विधिको शासनलाई कायम राख्न लोकतात्रिन्क मूल्य मान्यता आत्मसात गर्नुपर्ने बताउनुभयो । राजनीतिक दलप्रति अहिले जनताको वितृष्णा बढेकाले भष्टाचारको प्रवृत्ती निमिट्यान्न पार्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अहिले हामी नयाँ नेपाल निर्माण गर्ने अभियानमा छौँ, यसका लागि नयाँ विचार अगाडि सार्नु आवश्यक छ । नेपाली विशेषताको समाजवाद कस्तो हुने भनेर विज्ञसँग छलफल चलाउन जरुरी छ ।”

निषेधको राजनीतिले देशलाई अगाडि बडाउन नसक्ने धारणा राख्दै अध्यक्ष नेपालले विज्ञान प्रविधिको प्रयोग, गरिव वर्गलाई परिचयपत्र, राष्ट्रिय परिचयपत्र अविलम्ब वितरण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu