ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमपातले जनजीवन प्रभावित


एबीसी / संवाददाता
१४ पुस २०७८, बुधबार   ३ : ३६   बजे

बागलुङ । बागलुङका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रबाहेकका क्षेत्रमा यस वर्ष पहिलो हिमपात भएको हो । मङ्गलबार साँझदेखि वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । जैमिनी नगरपालिका–३ गाजाको दह क्षेत्रमा हिमपात भएको स्थानीय शिक्षक अगन्धर सापकोटाले जानकारी दिनुभयो । “गाजाको दह सिङ्गारिएको छ, यो साच्चिकै सुन्दर देखिएको छ”, हिउँमा खेल्दै गरेको दृष्य सामाजिक सञ्जालमा सार्वजानिक गर्दै उहाँले लेख्नुभएको छ ।

मङ्गलबार साँझदेखिनै सो क्षेत्रमा हिमपात भएको थियो । ढोरपाटन क्षेत्र, घुम्टेको धुरी र आसपासका क्षेत्रमा हिमपात भएको छ । साथै ताराखोलाका विभिन्न पहाड, काठेखोला गाउँपालिकाको घोडाबाँधे र जैमिनी नगरपालिकाको हाँडीकोटमा हिमपात भएको छ । हिमपात र वर्षाका कारण बिशेषगरी विद्यालय जाने बालबालिका, पशुचरन गर्ने गोठाला तथा दैनिक दिनचार्यमा रहेका मानिसमा यसको असर परेको छ ।

हिमपात भएका क्षेत्रमा युवायुवतीले भने रमाइरहेका छन् । वर्षा र हिमपातले हिउँदे बाली गहुँ र जौ बालीलाई भने निकै राम्रो भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । हिमपात र वर्षाका कारण सबैभन्दा धेरै ज्येष्ठ नागरिक र बालबालिका प्रभावित भएका छन् । उच्च पहाडी क्षेत्रका विद्यालयसमेत प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group