ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षा र हिमपातले मुलुकभर चिसो बढ्यो : रमणीय बन्यो डाँडा, कतै जनजीवन कष्टकर


एबीसी / संवाददाता
१४ पुस २०७८, बुधबार   ६ : ०१   बजे

काठमाडौं । उपत्यकाका सहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।
पानी परेसंगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी, शिवपुरी, लाकुरीभञ्ज्याङ लगायतका डा“डामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा गएरातिदेखि हिमपात भएको छ । बाक्लो हिमपात भएपछि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सडक क्षेत्रको हिउ“ पन्छाउन डोजर लगाइएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा पनि हिमपात भएको छ । यस्तै त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउ“ पर्नाले हेटौंडा–काठमाण्डौ जोड्ने सडक अवरुद्ध भएको छ । वर्षासंगै हिमपात भएपछि किसान खुसी भएका छन् । यस वर्ष समयमै हिउ“ परेकाले गहु“लगायतका हिउ“देबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुदा देशभर सामान्यदेखि पूर्ण बदलीरहि अधिकांश स्थानहरुमा वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा सिमरामा सबैभन्दा धैरै वर्षा भएको छ । सिमरामा १३ मिलिमिटर पानी परेको छ । भैरहवामा १२ दशमलव ६ र डडेल्धुरामा १२ दशमलव २ मिलिलिटर वर्षा भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १० दशमलव ७ मिलिलिटर वर्षा भएको छ । जुम्लाको तापक्रम माइनस ६ डिग्री रहेको छ । देशभरको मौसम बिहीबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु पनि प्रभावित भएका छन् । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातिदेखि नै पानी परिरहेकाले उडान प्रभावित भएको हो । एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् । डोल्पा, लुक्ला, सिमिकोट, सिमरा, धनगडी लगायतका स्थानका सबै उडान रद्ध भएका छन् । पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न सकेका छैनन् । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ । सिमराबाट काठमाडौंका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकासमा केहीबेर फन्को मारेर काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group