ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्दिरको सक्कली शिला चोरेर नक्कली फिर्ता


एबीसी न्यूज
२४ पुस २०७४, सोमबार   ८ : ५९   बजे

 

बेंसीशहर, लमजुङ, २४ पुस (रासस) ।  बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो ।

बेंसीशहर नगरपालिका वडा नं ८ मा रहेको नारायण मन्दिरभित्रको शालिग्रामका शिला एक महिनाअघि नै चोरी भएको भए पनि पछिमात्रै चर्चामा आएको हो । गत मंसिर २२ गते शिला हराएको र तत्काल मन्दिर व्यवस्थापन समितिलाई जानकारी गराएको मन्दिरका पुजारी सोमराज घिमिरेले बताउनुभयो ।

“गत मंसिर १९ गते मैले शालिग्रामका शिला पूजा गरी नुहाएर राखेको थिएँ, २१ गतेसम्म शिला थियो”– पुजारी घिमिरेले भन्नुुुुभयो, “२२ गते पूजा गर्न खोज्दा भेटिएन, मैले तत्काल समितिलाई जानकारी गराएँ ।”

मन्दिरको तोडफोड नगरी शिला हराएको हुँदा समितिभित्रका मध्येबाट नै चोरी भएको हुनसक्ने आशंका गरिएको छ । शिला हराएको अघिल्लो दिन समिति सदस्य एवं पण्डित बालकृष्ण सुवेदी मन्दिरभित्र छिरेको र पण्डित सुवेदीले नै शिला चोरेको पुजारीको आरोप छ ।

“शिला हराएको अघिल्लो साँझ सुवेदी गुरुले मन्दिरको साँचो माग्नुभयो, मैले आनाकानी गरेको थिए ।” घिमिरेले भन्नुभयो, “सबैले मानिआएका गुरुले भगवान्को दर्शन गर्नुछ”– भन्नुभयो गुरुले माग्दा के नदिनु भनेर साँचो दिएको हुँ ।”

चोरी आरोपित पण्डित सुवेदीले आफूले शिला चोरी नगरेको दाबी गरेका थिए । तर आफूमाथि आरोप लागेपछि २४ थान शालिग्राम शिला मन्दिर व्यवस्थापन समितिलाई बुझाएको समिति सदस्य नरहरि वाग्लेले बताउनुभयो ।

पण्डित सुवेदीले बुझाएको शिला नक्कली भएको वाग्लेको भनाइ छ । “उहाँले शिला चोरेको होइन पनि भन्नुहुन्छ । “फेरि समितिलाई २४ थान बुझाउनुभयो”– वाग्लेले भन्नुभयो, “उहाँले बुझाएकामध्ये तीन÷चार वटा सक्कली शालिग्राम हो अरु सबै नक्कली हो ।” मन्दिरको समिति, पुजारी, भक्तजन, स्थानीय र प्रशासनसहितको संरक्षणमा रहेको मन्दिरबाट शालिग्राम हराउनु र सबैजना मौन रहनुमा कुनै रहस्य भएको स्थानीयको गुनासो छ ।

मन्दिरमा रहेका पुराना र महत्वपूर्ण शालिग्राम शिला चोरी भएको एक महिना पूरा भइसक्दा पनि समितिले कतै उजुरी नगर्नु कारबाहीको प्रक्रिया अघि नबढाउँदा स्थानीय आक्रोशित भएका छन् । दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

“चोर पनि पत्ता लागिसकेको छ, समितिले न घटना सार्वजनिक गर्छ न चोरलाई कारबाही गर्छ”– स्थानिय कृष्णलाल प्रधानले भन्नुभयो, “समितिका मान्छेको पनि मिलेमतो हुनुसक्छ, हामी यसलाई गुपचुप हुन दिँदैनौँ, दोषीलाई कारबाही हुनैपर्छ ।”

पुरानो शिला भएकाले यसको मूल्य निकै महँगो हुने सरोकारभएकाहरु बताउँछन् । पण्डित सुवेदीले महँगो मूल्यमा सक्कली शिला बेचेर खोलाबाट नक्कली ल्याएर समितिलाई बुझाउँदै उम्किन खोजेको स्थानीयको आरोप छ ।

मन्दिरमा राखिएका शालिग्राम गणना गर्न हुँदैन भन्ने विश्वासका कारण कति चोरी भए भन्ने यकिन छैन । विक्रम संवत् १६६१ मा लमजुङे राजा सचिन्द्र शाहद्वारा लक्ष्मीनारायण मन्दिरको निर्माण गरिएको र कालीगण्डकीबाट शालिग्राम ल्याएर लक्ष्मीनारायणको शक्तिको प्रतीकका रूपमा प्रतिस्थापना गरिएको अग्रजको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

New Saudi-Led Security Pact Complicates US Strategy in Middle East

Zimbabwe Ferry Capsizing Death Toll Reaches 84

Cristiano Ronaldo Suggests Current Season May Be His Last

Ukrainian Draft Officers Detain Orthodox Bishop Amid Church Crackdown

US-Iran Agreement Set to Expire Amid Accusations of Violations

Arsenal Dominate Manchester City in Community Shield Victory

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu