काठमाडौं २६ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार १८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशभर एक हजार ४४६ जनामा कोभिड १९ संक्रमित थपिएका छन् ।
११ हजार ४२९ नमुनाको परीक्षण गर्दा एक हजार ४४६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार २ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ ।
आज देशभर होम आइसोलेसनमा ७ हजार २४५ जना र जना संस्थागत आइसोलेसनम ६१० जना रहेका छन् । तीमध्ये ६७ जना आईसीयूमा, १६ जना भेन्टिलेटरमा र ११३ संस्थागत क्वारेन्टिनमा रहेको रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्