काठमाडौँ, २४ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन सरकारसँग आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गरी खासगरी तराई–मधेशका जिल्लामा शीतलहर र झाडापखालाका कारण नागरिकले ज्यान गुमाउनुपरेकोप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरेका हुन ।
“तराई –मधेशका जिल्लामा शीतलहर र जाजरकोटमा झाडापखालाका कारण दर्जनौँ नेपाली नागरिकको ज्यान गएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”– अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्