ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचार खर्च जुटाउन नसकेर मिर्गौला प्रत्यारोपण हुन सकेन


admin
२७ असार २०७४, मंगलबार   ४ : ५५   बजे

काभ्रे, २७ असार । मण्डन देउपुर नगरपालिका वडा नं २, काभ्रेपलाञ्चोकका २० वर्षीय जीवनलाल रञ्जित २०७२ सालमा कक्षा ८ पास भई कक्षा ९ मा भर्ना भएका थिए । उनको परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न निकै कठिन थियो । अचानक २०७२ वैशाख १२ गते आएको भूकम्पले उनको घरसमेत भत्कियो । गोरु जोतेर परिवार चलाइरहनुभएका उनका बुबा कृष्णबहादुर रञ्जितले भूकम्पको समयमा कामलाई निरन्तरतासमेत दिन नसकेपछि जीवन पढाइलाई समेत विश्राम दिन बाध्य भए ।

त्यतिबेला १८ वर्षका उनमा घरखर्च जुटाउनुपर्ने जिम्मेवारी पनि थुप्रिएको थियो । केही समयपछि रञ्जित ठमेलस्थित एक होटलमा काम गर्न गए । काम गर्दै जाँदा कमाइ पनि राम्रै भएको थियो तर अचानक गत मंसिर महिनामा काम गर्दागर्दै उनी बेहोस भए र उनलाई उपचारका लागि वीर अस्पताल लगियो । त्यहाँ गइसकेपछि उनको दुईवटै मिर्गौलाले काम नगर्ने उपचारमा संलग्न चिकित्सकले बताए । त्यसपछि उनलाई उपचारका लागि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा ल्याइयो ।

रञ्जितलाई मिर्गौलाको समस्या भएको थाहा भएपछि परिवारमा समेत ठूलो धक्का लागेको जीवन बताउँछन् । “पहिले त गुजारा गर्न धौ धौ थियो, पछि बुबाले पनि मेरो रेखदेखका लागि बस्नुपरेकाले आम्दानी केही भएन” – जीवनले भने । सुरुमा उपचार खर्चका लागि परिवारमा रकम नभएकाले भएको जग्गाजमिन सबै बेचेर उपचारमा खर्च गरेको जीवनले बताए । “जग्गामा बाँदर अनि बँदेल लागेर उब्जनी हुनै दिँदैनथ्यो, झनै जग्गा बेचिसकेपछि घर भएको घँडेरीबाहेक केही बाँकी छैन” – उनको दुखेसो थियो ।

जीवन पाँच वर्षको हुँदा नै उनको आमाको मृत्यु भएको थियो । बहिनी लक्ष्मी त्यतिबेला भर्खर तीन वर्षकी मात्र थिइन् । पहिलेदेखि नै उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले मेलापात गरेर नै गुजारा गर्नुपथ्र्यो । आमाको मृत्यु भइसकेपछि दुई सन्तानको रेखदेखका लागि बाबुले दोस्रो विवाह गर्न बाध्य हुनुभयो । सानैमा आमाको मृत्यु भए पनि कान्छी आमाको मायाका कारण आफ्नीस् आमा नभएको अनुभव जीवन र लक्ष्मीलाई कहिल्यै गर्नुपरेन ।

कान्छी आमाले आफैँले सन्तान जन्माइनन् । उनीहरुलाई नै सन्तानको दर्जा दिइन् । तर उनका बुबा कृष्ण गोरु जोत्न बाहिर जाने क्रममा आमाको गाउँकै एक केटासँग अवैध सम्बन्ध रहेको खुलासा हुनाका साथै रङ्गेहात फेला पनि पारे उनका बुबाले । त्यसै कारण बाबुले केही समयपछि कान्छीआमासंग सम्बन्धविच्छेदसमेत गरे ।

सम्बन्धविच्छेदपछि जीवनकी बहिनी लक्ष्मी आफ्नी जेठी फपूको घरमा गएर पढ्न थालिन् । एक वर्षपछि उनका बुबाले फेरि अर्को विवाह गर्नुभयो । तर पनि जीवन र लक्ष्मी खासै दोस्री आमासँगजस्तो राम्रो सम्बन्ध भएन । उनकी कान्छीआमाको एक छोरी छिन् ।

दाजु जीवनको दुईवटै मिर्गौलाले काम नगर्ने भएपछि लक्ष्मीले कक्षा १२ को पूरक परीक्षासमेत दिन पाइनन् । उपचारका लागि बहिनी लक्ष्मीसमेत दाजु र बुबासँगै बस्न थालिन् । सुरुमा जग्गा बेचेर खर्च चलाइरहेको परिवार पछि विभिन्न व्यक्ति तथा सङ्घघसंस्थासँग सहयोगका लागि अपिल गर्न थाल्यो । सरकारले मिर्गौला रोगीका लागि निःशुल्क उपचारको घोषणा गरिदिएपछि उनीहरुमा अब उपचार खर्च जुटाउन सहज होला कि भन्ने सास आयो र सर्वसाधारणबाट पनि सहयोग घटदै गयो । “उपचार गर्न सरकारले खर्च दिए पनि खानलाउन त आफैँले जुटाउनै प¥यो ,” जीवनका बुवा कृष्ण भन्नुहुन्छ, “छोरा त उपचार गरिसकेपछि बाँच्छ, तर कामै नभएपछि अन्य परिवारलाई कसरी पाल्नु रु” पहिले पनि श्रम गरेर नै जीविका चलाइरहेको परिवार आम्दानीको कुनै स्रोत नभएपछि अहिले निकै समस्यामा छ ।

सरकारले दिने भनेको रकम सिधै आफ्नो हातमा नपरी अस्पतालमा नै बेहोरिदिने र उक्त रकम मिर्गौलाको प्रत्यारोपणपछि नै दिने भएकाले प्रत्यारोपणका लागि नै रकम जुटाउन गाह्रो भएको गुनासो उहाँले गर्नुभयो । जीवनका बुबा कृष्णले पहिले नै अरुलाई मिर्गौला दिइसकेको हुनाले जीवनको बहिनी लक्ष्मी मृगौला दिन तयार छिन् । जीवनको मिर्गौला प्रत्यारोपणका लागि खर्च जुटाउन परिवारले विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुलाई आह्वान गरिरहेको छ ।

चिकित्सकले पनि मिर्गौला प्रत्यारोपणका लागि रु चार लाख रकम जुटाए तत्काल प्रत्यारोपण गरिहाल्ने बताएको छ भन्छिन् बहिनी लक्ष्मी। मिर्गौलाको प्रत्यारोपण गरिहाल्न पाए आफूले जसरी पनि काम गरेर जीविका चलाउने जीवनको भनाइ छ । “मिर्गौला प्रत्यारोपण गरेपछि बहिनीलाई पनि आफैँले पाल्नुपर्छ, त्यसपछि बहिनी र परिवारको पनि रेखदेख गर्छु” – जीवनले भने ।

साथै आफूलाई उपचारका लागि सहयोग गर्न माछापुछ«े बैंकमा रहेको आफ्नो खाता नं ३७–४०–५२४–४८७६८३–०१–८ मा रकम उपलब्ध गराइदिनुहुन र आफ्नो थप सहयोगका लागि ९८२३५६७३६४ र ९८४०५४६४८५ मा सम्पर्क गर्नसमेत उनले आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu