ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल


एबीसी / संवाददाता
६ माघ २०७८, बिहिबार   ६ : ४५   बजे

काठमाडौं । सरकार सञ्चालन समन्वय संयन्त्रको बैठक स्थगित गरेका सत्तारुढ गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् । बैठक स्थगित गरिएपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्को सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज सा“झ छलफल भएको छ । आजै अपरान्ह ४ बजे बस्ने भनिएको संयन्त्रको बैठक स्थगित गरिएपछि देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल भएको बताइएको छ ।

प्रचण्डको सचिवालयका अनुसार भोलिको संयन्त्रको बैठकको पूर्वतयारीका लागि दुई नेताबीच भेटवार्ता भएको हो । दुई शीर्ष नेताबीचको छलफलपछि मात्रै रामचन्द्र पौडेल नेतृत्वको संयन्त्र बैठक डाकिने भएको छ । प्रचण्डले मंगलबारको संयन्त्र बैठकमा स्थानीय तह निर्वाचन ६ महिना सारेर आगामी वैशाख(जेठमा संघीय र प्रदेशको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको थियो । उहा“को उक्त प्रस्तावमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा नेपालले पनि साथ दिएका छन् । तर गठबन्धनको अर्र्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको संस्थापन इतर केही नेताहरुले भने आपत्ति जनाएका छन् । उता नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचन सारेर देशमा संवैधानिक रिक्तता निम्त्याउन खोजिएको भन्दै आपत्ति जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu