ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२० हजार परीक्षण : ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु


एबीसी / संवाददाता
१२ माघ २०७८, बुधबार   ७ : ४४   बजे

काठमाडौं, १२ माघ । पछिल्लो २४ घण्टामा आठ हजार ४५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले २० हजार ३५९ परीक्षण गर्दा आठ हजार ४५४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ पुगेको छ । पछिल्लो समय चार हजार ४३३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ३१ ७१२ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ८९।१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पाँचको निधन

उहाँले विगत २४ घण्टामा आज पाँच जनाको सङ्क्रमणका कारणले निधन भएको जानकारी दिनुभयो । अहिलेसम्म ११ हजार ६७२ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । यस्तै ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १७ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।

यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ८८ हजार २४८, संस्थागत आइसोलेसनमा एक हजार ८१९, आइसियुमा २५१ र भेन्टिलेटरमा ४८ जनाको उपचार हुँदैछ ।

दुई लाख बढीले खोप लगाए

विगत २४ घण्टामा आज दुई लाख ५६ हजार ४१६ जनाले खोप लगाएका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख ६४ हजार ८९१ मात्रा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu