काठमाडौं २७ असार ।
संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सकारात्मक देखिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसगको भेटमा संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित गर्न आफूहरु सकारात्मक रहेको बताउनुभएको हो ।
मंगलबार सिंहदरबारस्थित एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधन प्रस्तावको विषयमा खुला छलफल गरेर अघि बढ्ने विषयमा विचार गर्न अध्यक्ष थापासग आग्रह गर्नुभयो । अध्यक्ष थापाले एमाले अध्यक्ष ओलीसग सीमांकनबाहेकका विषयलाई मात्रै समेटिएर ल्याएको संविधान संशोधन प्रस्ताव मान्नैपर्ने नैतिक बन्धनमा आफूहरु रहेको स्मरण गराउनुभयो ।
उहाले संविधान संशोधनको विषयमा एमाले र आफ्नो पार्टीबीच भिन्न मत रहेको पनि स्पष्ट पार्नु भयो ।
एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्ने विषयमा विचार गर्न अध्यक्ष थापास“ग आग्रह गरिएको बताउनु भयो । उहाले सबै तहको निर्वाचन सम्पन्न गर्ने कार्यमा केन्द्रित हुने गरी छलफल गरिएको पनि स्पष्ट पार्नु भयो ।
सरकारले यही हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने तयारी गरिरहेको छ । तर, संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरित रहेको दावी गर्दै एमालेले पारित हुन नदिने अडान लिदै आएको छ
प्रतिक्रिया दिनुहोस्