ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्लिन्केन र स्लोभाक रक्षा प्रमुखद्वारा सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर


एबीसी / संवाददाता
२१ माघ २०७८, शुक्रबार   २ : २३   बजे

वाशिंगटन, २१ माघ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र स्लोभाकका रक्षा मन्त्री जारोस्लाभ नाडले वाशिङ्गटनमा एक समारोहमा नयाँ रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्नु अघि दुई देशको साझेदारीको बारेमा टिप्पणी गर्नुभएको छ । यो सम्झौताले हाम्रा सेनाहरूलाई साझा तालिम, अभ्यास जस्ता साझा रक्षात्मक प्रयासहरूमा समन्वय गर्न सजिलो बनाउँछ। यसले हाम्रा जनता, अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराहरूबारे हाम्रा देशहरूबीच थप नियमित परामर्श सिर्जना गर्नेछ, ब्लिन्केनले बिहीबार उक्त समारोहमा हस्ताक्षर गर्ने क्रममा सो टिप्पणी गर्नु भएको हो।

ब्लिन्केनले सम्झौताले स्लोभाकियामा स्थायी अमेरिकी सैन्य अड्डाहरू सिर्जना नगर्ने बताउँनु भएको छ। अन्तिम कार्यान्वयन हुनु अघि स्लोभाक सरकारले पनि सम्झौता स्वीकृत गर्नुपर्ने उहाँको धारणा छ । त्यसैगरी नाडले हस्ताक्षर गर्नु अघि सम्झौताले नेटो सहयोगीहरूको रूपमा ट्रान्स-एट्लान्टिक सुरक्षाको लागि संयुक्त राज्य अमेरिका र स्लोभाकियाको साझा प्रतिबद्धता पनि प्रदर्शन गर्ने बताउँनु भएको छ । सोमबार प्रधानमन्त्री एडवार्ड हेगरले स्लोभाकिया र युरोपेलीले माग गरेमा पूर्वी युरोपमा नाटोलाई बलियो बनाउन सहयोग गर्न तयार रहेको बताउँनुभएको थियो।

यस सम्झौताले अमेरिकालाई विस्तारको सम्भावना सहित धेरै स्लोभाक सैन्य एयरफिल्डहरू र बेसहरू १० वर्षको लागि निःशुल्क प्रयोग गर्न सक्षम बनाउनेछ र स्लोभाक रक्षा पूर्वाधारको आधुनिकीकरणको लागि १०० मिलियन युएस डलर उपलब्ध गराउँने बताइको छ । स्लोभाकका विपक्षी दलहरूले सम्झौताको विरोध गरेका छन् । स्लोभाक राष्ट्रिय कानूनसँग असङ्गत भएको दाबी गर्दै र देशको संवैधानिक अदालतबाट समीक्षाको आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu