ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायीहरुबाट जाडोमा न्यानो कपडा वितरण


admin
२५ पुस २०७४, मंगलबार   ७ : ०६   बजे

चितवन, २५ पुस । चितवनको पर्साबजारका व्यवसायीहरुले बारामा शितलहरबाट पीडितहरुलाई सोमबार न्यानो कपडा बितरण गरेका छन् ।

तराईमा अत्याधिक चिसो बढेर केहीको मृत्यु समेत भएपछि पर्साका व्यवसायीहरुले करिब १० लाख बराबरको न्यानो कपडा संकलन गरेका थिए ।

व्यवसायीहरुको एक समुहले आन्तरीक रुपमा पिकनिकको लागी मेरो बचत समुहमा बचत गर्दै आएकोे नगद एक लाख रुपैयाको ब्यालङ्केट र टोपी खरिद गरेका थिए भने अन्य कपडाहरु पर्सा बजारकै व्यवसायीबाट जिन्सी नै संकलन गरेका थिए ।

संकलित न्यानो कपडाहरु चेपाङ्ग समुदायको बाहुल्यता रहेको बाराको निजगढ नगरपालिका १३ भत्तलालमा , बाराकै कोल्हवी नगरपालिका वडा नम्बर ९ र वडा नम्बर २ बगीवाह स्थित विपन्न मुसहर बस्तीमा बितरण गरेको थियो । व्यवसायीहरुले ब्यालङ्केट , टोपी , स्वीटर , ज्याकेट , पछ्यौरा, पाइन्ट लगायतको सामाग्री जनप्रतिनिधी , प्रहरी र पत्रकारको रोहोबरमा बितरण गरेका थिए ।

सोमबार मात्रै करिब ५ लाख मुल्य बराबरको न्यानो कपडा ४ सय जनालाई बितरण गरिएको थियो । बाकी करिब ५ लाख बराबरकै कपडाहरु अन्य पिडितहरुलाई बितरणको लागी रौतहटका समाजसेवी रिक्सा चालक केदार तिमिल्सीनालाई जिम्मा लगाइएको न्यानो कपडा बितरण कार्यक्रमका संयोजक अर्जुन लम्सालले जानकारी दिए ।

रौतहटका समाजसेवी तिमिल्सीनाको समन्वयमा खैरहनीका व्यवसायीहरु न्यानो कपडा बितरणको लागी बारा पुगेका थिए । कपडा बितरण गर्दा विपन्न बर्गका बालबालिका र बृद्धबृद्धाहरुलाई प्राथमिकता दिइएको लम्सालले बताए । व्यवसायीहरुको अभियानमा खैरहनीका समाजसेवी मुरलीप्रसाद गजुरेल पनी सहभागी भएका थिए ।

अत्याधिक चिसोको मारमा परेका विपन्न समुदायका स्थानियहरु न्यानो कपडा पाएपछि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu