ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखलाई महाअभियोग लाग्न सक्छ – सांसद बस्नेत


एबीसी / संवाददाता
२५ माघ २०७८, मंगलबार   ३ : ३१   बजे

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताउनु भएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताउनु भएको हो । उहा“ले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाई रहेको भन्दै पार्टीले संख्या पु¥याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गर्नुभयो । उहा“ले बुद्धिजीविहरुले पनि महाअभियोग लगाएर सेफ ल्याण्डिङ गराउने कुरा राखेको बताउनु भयो । सांसद बस्नेतले बुधवारबाट सदन शुरु हुने भएको बताउ“दै त्यसमा नेकपा एमालेको भुमिका आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरे संसदमा बिरोध जारी रहने बताउनु भयो । उहा“ले संसदमा एमसीसीको विषय प्रवेश हुने सूचना पाएको भन्दै सभामुखले व्यवस्थित ढंगले सदन सुचारु नगरे र आफ्नो पार्टीले राखेका माग पूरा नगरे सदनमा एमालेको बिरोध स्वभाविक रहने स्पष्ट पार्नुभयो ।

सांसद बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र राज्य शक्तिको दुरुपयोग भएको बताउनु भयो । उहा“ले प्रधानमन्त्री देशको शक्तिशाली व्यक्ति भएर पत्र लेख्ने कुरा स्वभाविक भएको तर पार्टीको अध्यक्षले प्रधानमन्त्रीस“गै हस्ताक्षर गरेर पठाउ“दा त्यसले राज्य शक्तिको दुरुपयोग भएको बताउनु भयो । सांसद बस्नेतले प्रचण्डले एमसीसीका बारेमा दोहोरो चरित्र देखाएको भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कुटनीतिक क्षमतामाथि प्रश्न उठेको बताउनु भयो । उहाँले प्रधानमन्त्री देउवाले पनि एउटा पार्टीको अध्यक्षलाई आफू सरहको अधिकार दिएर गल्ती गरेको आरोप लगाउनु भयो । सांसद बस्नेतले राज्य शक्तिको दुरुपयोग गर्नेहरुलाई कानूनि कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले नेकपा एमाले एमसीसीका बारेमा स्पष्ट रहेको र सरकारको धारणापछि मात्रै पार्टीले आफ्नो धारणा राख्ने स्पष्ट पार्नुभयो ।

सांसद बस्नेतले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा भने स्थानीय आवश्यक्ताका आधारमा तालमेल गर्न सक्ने बताउनु भयो । सांसद बस्नेतले माधवकुमार नेपाल र प्रचण्डको दोहोरो चरित्रका बारेमा प्रधानमन्त्री पनि सचेत रहन आवश्यक रहेको आँैल्याउनु भयो । सांसद बस्नेतले माओवादी केन्द्रका केही नेताहरुले कानूनि रुपमा चुनौति दिएर अदालत जाने र चुनाव सार्ने षड्यन्त्रमा लाग्न सक्ने बताउनु भयो । उहाँले आफ्नो पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र नेपालले चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोपसमेत लगाउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धारमा सरकारका सबै संयन्त्र उच्च प्राथमिकतामा परिचालित छन् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu