ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘द्वन्द्वकालीन मुद्दाको नाममा सभामुखमाथि आक्रमण प्रतिक्रियावादी षड्यन्त्र’


एबीसी / संवाददाता
२६ माघ २०७८, बुधबार   ६ : २४   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले द्वन्द्वकालीन मुद्दा उछालेर सभामुख अग्निप्रसाद सापकोटामाथि भइरहेको आक्रमणलाई गम्भीर षड्यन्त्र भनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बुधबार एक भनाइ सार्वजनिक गर्दै सभामुख सापकोटामाथिको आक्रमण गम्भीर षड्यन्त्र भएको उल्लेख गर्नुभएको छ । उहा“ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त संघीयता र लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धि ध्वस्त बनाउन केही समूह सुरुदेखि नै क्रियाशील रहेको पनि दाबी गर्नुभएको छ ।

जनप्रतिनिधिमूलक संस्थामाथि प्रहार गरेर जन्मिएको प्रतिगमनलाई परास्त गरि आज मुलुक पुनःनिर्वाचनको प्रक्रिया हु“दै शान्ति र संविधानलाई नयां उचाइमा क्रियाशील गर्न सक्रिय रहेको बेला सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारका द्वन्द्वकालीन मुद्दा उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति भएको मल्लको भनाइ छ । माओवादीले सभामुखविरुद्धको यस्तो कदम शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटो ध्वंस पार्ने षड्यन्त्र भएको पनि जनाएको छ । मल्लले यो षडयन्त्रले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिलाई विभाजित गर्ने, क्रान्तिकारी जनसमुदायलाई अलगावमा पार्ने र देशलाई परिवर्तनको मार्गबाट पछाडि धकेल्न चाहिरहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group