ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


एबीसी / संवाददाता
३ फाल्गुन २०७८, मंगलबार   ४ : ३७   बजे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.३० अङ्कले बढेर दुई हजार ७५४.२८ र ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १०.८३ अङ्कले बढेर ५२२.१३ पुगेको छ । सोमबार सामान्य अङ्क(०.०८)ले बढेको नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेपनि कारोबार रकम भने घटेको छ । आज कूल २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर रु तीन अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेमा कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य उकालो लागेका छन् ।

जसमा बैंकिङ १४.५७, व्यापार ३९.०९, होटल तथा पर्यटन ४९.८२, विकास बैंक १२७.३५, जीवन बीमा १८७.०३, जलविद्युत् १३८.१२, वित्त ६५.६८, अन्य ७५.६३, लघुवित्त १४५.७६, निर्जीवन बीमा १८५, उत्पादन ३७.०८ सामूहिक लगानी कोष ०.०३ र लगानी २.२६ अङ्कले बढेका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड ७७ लाख ३९ हजार ४९० मूल्य बराबरको कारोबार भएको छ । यस्तै नशनल हाइइ«ोपावर कम्पनी रु १८ करोड ५३ लाख ९१ हजार ८४६, नेपाल दूरसञ्चार कम्पनी रु १८ करोड २१ लाख ६४ हजार ९३७, अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट रु १३ करोड ५३ लाख ३९ हजार ६३७ र जीवन विकास लघुवित्त वित्तीय संस्था रु १३ करोड २८ लाख ७५ हजार ६३१ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहे ।
नेप्सेका अनुसार आजको बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताका शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै तेह्रथुम पावर कम्पनी ८.७० प्रतिशत, हिमालय ऊर्जा विकास कम्पनी ७.७५, कालिका पावर कम्पनी ७.६५ र छ््याङ्दी हाइड्रोपावरको शेयरमूल्य ७.६१ प्रतिशतले बढेको छ । त्यस्तै आज अधिकासं सामूहिक लगानी कोषका मूल्य घटेका छन् । एनआइसी एसिया व्यालेन्स फण्डको मूल्य ३.१४ प्रतिशतले घटेको बजारमा, एनआइसी एसिया ग्रोथ फण्डको १.८६, सिटिजन्स म्युचल फण्ड–१को, १.५३, एनआइवीएल समृद्धि फण्ड–२ को १.४० र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको १.२६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu