ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी सिनेटले सम्भावित रुसी आक्रमणविरुद्ध युक्रेनलाई समर्थन गर्ने प्रस्ताव पारित


एबीसी / संवाददाता
६ फाल्गुन २०७८, शुक्रबार   १२ : ५९   बजे

मस्को, ६ फागुन । अमेरिकी सिनेटले बिहीबार राति रुसको सम्भावित आक्रमणको बिरूद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ। सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान गरेर युक्रेन सरकारको क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने निरन्तर प्रयासहरूलाई समर्थन गर्न संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई पुन:  पुष्टि गर्दछ। प्रस्तावमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई युरोपमा शान्ति पुनर्स्थापना गर्न युक्रेनमाथि आक्रमण गरेमा रुसले ठूलो मूल्य चुकाउनुपर्ने र त्यसका लागि अमेरिकाले जस्तोसुकै निर्णय पनि लिन आग्रह गरिएको छ।

यस प्रस्तावमा कुनै पनि कुरालाई (१) युद्धको घोषणा वा रूसी संघ विरुद्ध सैन्य बल प्रयोगको लागि प्राधिकरण वा (२) युक्रेनमा संयुक्त राज्य सशस्त्र सेनाको परिचयको लागि प्राधिकरणको रूपमा व्याख्या गर्न सकिँदैन। एजेन्सीले जनाएको छ ।
पश्चिमी देशहरूले सीमामा सेना परिचालन गरेको भन्दै रुसले युक्रेनविरुद्ध आक्रमणको तयारी गरिरहेको आरोप लगाउँदै आएका छन्। रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले मङ्गलबार मस्कोले युक्रेनसँगको सीमाबाट आफ्ना केही सेना फिर्ता गरिरहेको बताएका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्ने कुनै पनि योजना नरहेको बताउँदै आएको छ । रुसी सीमाना नजिक नाटोको बढ्दो उपस्थितिले आफ्नै सुरक्षालाई खतरामा पारेको उसको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group