ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्ववियु निर्वाचन : १३ वर्षदेखि नियमति हुन सकेन


एबीसी / संवाददाता
६ फाल्गुन २०७८, शुक्रबार   ५ : ०४   बजे

काठमाडौँ, ६ फागुन । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । पञ्चायतकाल, सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासनकालमा पनि नियमित हुँदै आएकोमा अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने स्ववियु निर्वाचन १३ वर्षदेखि हुन सकेको छैन । गणतन्त्र स्थापना भएपछि एक पटक मात्र भएको निर्वाचन त्यसपछि भने नियमित हुन नसकेको हो ।

त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । विसं २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोेकिएको छ । विसं २०६५ पछि एकै पटक आठ वर्षपछि २०७३ चैत १५ गते भएको थियो । २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि नियमति स्ववियु निर्वाचन भएको छैन । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा त्रिविले स्ववियु निर्वाचन गराए पनि आंशिकरुपमा केही क्याम्पसमा मात्र भएको थियो तर त्यसपछि यता पटक-पटक त्रिविले स्ववियु निर्वाचन घोषणा गरे पनि हुन सकेको छैन । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आफ्नो सङ्गठन स्ववियु निर्वाचनका लागि तयार रहेको बताउनुभयो । उहाँले अहिले फागुन १४ गते हुन नसके पनि चैतमा चुनाव गर्नुपर्ने बताउनुभयो । “नेपालको शैक्षिक नीति परिवर्तनका लागि मुख्य भूमिका खेल्ने स्ववियु अहिले क्याम्पसमा रहेको छैन”, उहाँले भन्नुभयो, “नेपालको विद्यार्थी आन्दोलनलाई रक्षा गर्ने स्ववियुको निर्वाचन चाँडै तोक्नुपर्दछ ।” उहाँले त्रिविलाई स्ववियु निर्वाचनको मिति तोक्नसमेत आग्रह गर्नुभयो । “त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा चाँडै नै विद्यार्थी सङ्गठनबीच छलफल गरेर मिति तोक्नुपर्दछ”, उहाँले भन्नुभयो, “हामी विद्यार्थी सङ्गठन पनि असहमतिका बाबजुद सहमति खोजेर लामो समयदेखि हुन नसकेको निर्वाचन गर्नुे पक्षमा छौं ।”

नेपाल विद्याथी सङ्घका नेता बलदेव तिमिल्सेनाले त्रिविले चाँडै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले त्रिविका पदाधिकारीको गैरजिम्मेवारीपन कार्यले निर्वाचन हुन नसकेको बताउनुभयो । “हामीले निर्वाचन कार्यतालिका तत्काल प्रकाशन गर्न दवाव दिएका छौँ”, उहाँले भन्नुभयो, “यदि एक हप्ताभित्र निर्वाचनको तालिका प्रकाशन नगरे हामी त्रिविका विरुद्ध निर्वाचन गर्न दबाब दिँदै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्दछौँ ।” उहाँले उमेर हदबन्दी र निर्वाचन प्रणालीको कारणले स्ववियु निर्वाचन प्रभावित भएको हुन सक्ने बताउनुभयो । उहाँले आफ्नो सङ्गठन उमेर हदबन्दी र प्रणालीमा लचकता अपनाउने बताउनुभयो । “उमेर हदबन्दी र प्रणालीप्रति हाम्रो अझै असहमति छ”, उहाँले भन्नुभयो, “तर निर्वाचनका लागि भने ३० वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा हामी सहमति गरेर जान्छौ । हाम्रै कारणले निर्वाचन हामी रोक्दैनौँ ।” उहाँले त्रिवि सभा र क्याम्पस व्यवस्थापन समितिमा विद्यार्थीको भावना प्रतिनिधित्व गर्दै स्ववियुका पदाधिकारी जाने गर्दथ्ये”, उहाँले भन्नुभयो, “तर अहिले विगत १३ वर्षदेखि स्ववियुका प्रतिनिधित्व हुन सकेको छैन ।” अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनका लागि आफ्नो सङ्गठन तयार रहेको बताउनुभयो । उहाँले आफूहरुले स्ववियु निर्वाचनको मिति तत्काल तोक्न त्रिवि पदाधिकारीसँग आग्रह गरिसकेको समेत बताउनुभयो । उहाँले तत्काल स्ववियु निर्वाचनको मिति नतोके आन्दोलनका कार्यक्रम पनि गर्ने जानकारी दिनुभयो । अध्यक्ष सिंहले केही विद्यार्थी सङ्गठन हार्ने डरका कारण पनि निर्वाचनबाट भागेको हुन सक्ने बताउनुभयो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले हाम्रो सङ्गठन तयार रहेको बताउनुभयो । उहाँले स्ववियुको गरिमा बढाउनका लागि निर्वाचन आवश्यक रहेको बताउनुभयो । “राजाको प्रत्यक्ष शासनकालमा पनि भएको निर्वाचन आज लोकतान्त्रिक गणन्त्रको शासनमा नहुन दुःखद् हुनु हो”, उहाँले भन्नुभयो, “त्रिविले चाँडै नै स्ववियु निर्वाचनको मिति घोषणा गरोस् ।” स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा रहेको छ । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन् । अनेरास्ववियुका अध्यक्ष पराजुलीले स्ववियु निर्वाचन गर्नका लगि त्रिविले पहलकदमी लिनुपर्ने बताउनुभयो । त्रिवि सभाका निवर्तमान सिनेटर तथा आरआर क्याम्पसका निर्वतमान सभापति तपेन्द्र शाहीले स्ववियु निर्वाचन नहुनेमा विद्यार्थी सङ्गठन र त्रिवि पदाधिकारी नै दोषी रहेको बताउनुभयो । “त्रिविका पदाधिकारी पनि स्ववियु निर्वाचन गर्न जोखिम लिँदैनन्”, उहाँले भन्नुभयो, “विद्यार्थी सङ्गठन आफू हार्ने डरले निर्वाचनमा सहभागी नभएर विभिन्न आन्दोलन गरि निर्वाचन भाड्ने काम गर्दछन् ।” उहाँले स्ववियु निर्वाचन नहुँदा त्रिविमा विभिन्न नाममा विद्यार्थी सङ्गठनले अराजकता मच्चाइरहेको समेत बताउनुभयो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गर्नबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग परामर्श भइरहेको बताउनुभयो । “लामो समय स्ववियु निर्वाचन नभएकाले सरकारसँग हामी परामर्श गरिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँले त्रिवि पनि स्ववियु निर्वाचन गर्न आतुर रहेको बताउनुभयो । “विद्यार्थीको आधिकारिक नेतृत्व नहुँदा त्रिवि र क्याम्पसको नीति निर्माण र व्यवस्थापनमा समस्या आइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसैले हामी जतिसक्दो चाँडो निर्वाचन गर्न आतुर छौँ ।” निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनका सम्बन्धमा विद्यार्थी सङ्गठनसँग पनि निरन्तर छलफल गरिरहेको बताउनुभयो । उहाँका अनुसार २०१९ सालबाट त्रिविमा विद्यार्थीको प्रतिनिधित्व हुँदै आएको थियो । अनेरास्ववियुका महासचिव समिक वडालले स्ववियु निर्वाचन गर्नका लागि आफ्नो सङ्गठनले स्ववियु निर्वाचन परिचालन विभागसमेत गठन गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group