ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमा कारमा विष्फोट, यही बहानामा रुसले आक्रमण गर्ने आशंका


एबीसी / संवाददाता
७ फाल्गुन २०७८, शनिबार   ८ : ४६   बजे

काठमाडौं, ७ फागुन ।  रुससँग तनाव बढिरहेको बेला पूर्वी युक्रेनमा कार बम विष्फोट भएको छ । रुस समर्थित विद्रोही समूहको पकड रहेको युक्रेनको डोनेट्स्क शहरमा शुक्रबार कार बम विष्फोट भएको हो ।बिष्फोट भएको गाडी क्षेत्रीय सुरक्षा प्रमुख डेनिस सिनेंकोवको भएको बताइएको छ ।

यसैगरी पूर्वी युक्रेनमै ग्याँस पाइपलाइनको एक भागमा आगो लागेको पनि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।यो विष्फोटबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । यसमा कसको संलग्नता छ भन्ने पनि स्पष्ट भइसकेको छैन ।यद्यपि यही बहानामा रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ ।

कुनै देश आफैंले आफ्नो क्षेत्रमा आक्रमण गर्ने र अरु कुनै देशलाई आरोप लगाएर त्यसको बदला लिन भन्दै जवाफी हमला गर्नुलाई ‘फल्स फ्ल्याग’ अभियान भनिन्छ । कारमा विष्फोट भएको यही बहानामा रुसले ‘फल्स फ्ल्याग’ अभियानमार्फत् युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिकाले आशंका गरेको छ ।अहिले कार विष्फोट भएको यो घटनामा रुसले युक्रेन जिम्मेवार रहेको बताउँदै आएको छ । साथै रुस समर्थित समूहको नियन्त्रणमा रहेको क्षेत्रबाट बालबालिका र महिलालाई अन्यत्र पठाउन सुरु गरिएको छ ।रुस समर्थित समूहमाथि युक्रेनले छिट्टै ठूलो आक्रमण गर्न सक्ने भन्दै रुसले बालबालिका र महिलालाई अन्यत्र पठाएको हो । यद्यपि युक्रेनले भने आक्रमणको योजना नरहेको भन्दै रुसको भनाइको खण्डन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu