ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रत्यायोजित विधायन विधेयक संसदमा पेस गर्ने तयारी : परिमार्जनमा समयसीमा खण्ड गायब


एबीसी / संवाददाता
७ फाल्गुन २०७८, शनिबार   १२ : ०३   बजे

काठमाडौँ, ७ फागुन । सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ । प्रत्यायोजित व्यवस्थापनका आधारमा कार्यपालिकाद्वारा बनाइएका सहायक कानुन संसदमा पठाउनै पर्ने विज्ञको राय सुझाव समेटेर विधेयक अघि बढाउन लागिएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले उक्त विधेयकलाई समृद्ध तुल्याउने क्रममा मस्यौदामाथि विषयविज्ञ र संसदीय समिति सभापतिसँग छलफल गरिरहेको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले कार्यपालिकाद्वारा बनाइएका नियमावली, निर्देशिका र कार्यविधिलगायतका सहायक कानुन १५ दिनभित्र संसद्मा पठाउन पर्ने र त्यसको परीक्षण एवं अनुगमन हुने प्रावधान राखेर विधेयकलाई समृद्ध तुल्याउने कोसिस भइरहेको बताउनुभयो । कार्यपालिकाद्वारा बनाइएका सहायक संसद्मा पठाउनै पर्नै समयसीमा उल्लेख गरी संसदीय समितिले गरेको मस्यौदा परिमार्जन गर्ने क्रममा मन्त्रालयबाट समयसीमासम्बन्धी खण्ड छुटेको थियो । अहिले त्यस विषयमा मन्त्रालयद्वारा विषयविज्ञसँग रायसुझाव लिने क्रम चलिरहेको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तीन वर्षदेखि गहन अध्ययन गरी सरोकारवालासँगको परामर्शमा विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेको थियो । मस्यौदामा ऐनअर्थात् विधेयक बनाउने प्रक्रिया, मस्यौदा परिमार्जन र सहमति प्राप्त गर्ने तरिका, प्रत्यायोजित विधेयक निर्माणको सीमा तथा अधिकारका विषय विषयवस्तु उल्लेख छ । सहायक कानुनकै आधारमा दण्ड जरिवाना तथा कसुर बढाउने, घटाउने, कर लगाउने, उठाउने र खारेज गर्न पाइन्न तर पनि कतै त्यो अभ्यास भएका देखिएपछि विधेयकमा यो विषय पनि स्पष्टरुपमा खोलिएको छ । अदालत र अर्ध निकायका काम कारबाहीलाई असर पर्ने, मौलिक अधिकारलाई कुनै प्रकारले बन्देज र सीमा तोक्ने अधिकार सहायक कानुनद्वारा लगाउन सकिदैन ।

कार्यपालिका र मातहतका निकायले विनियम, कार्यविधि, निर्देशिका, बनाउन सक्ने भए पनि कस्तो अवस्थामा भन्ने विषय मस्यौदामा खुलाइएको छ । कुनै निकायमा तहगत जिम्मेवारी खुलाउन, मापदण्ड र गुणस्तर तोक्न ऐनले अधिकार प्रत्यायोजन गरेको खण्डमा भने सहायक कानुनको प्रयोगबाट ती कार्य गर्न सकिने छ । “परीक्षा पास गरेर कोरिया जानबाट कामदारलाई लामो समयसम्म रोक्ने काम होस् वा डेढ वर्षदेखि वीरगञ्ज सुक्खा बन्दरगाहमा डेढ लाख बोरा रासायनिक मल अलपत्र तुल्याउनेलगायतका जति पनि नीतिगत भ्रष्टाचारसँग जोडिएका घटना छन् ती अधिकांश काम सहायक कानुनबाटै भएको छ”,सभापति बिडारी भन्नहुन्छ । संसद्ले पहिलो कानुन अर्थात् संविधान र ऐन बनाउँछ । ऐनअन्तर्गत अरु थुप्रै कानुन बनाउने विश्वका धेरै मुलुकमा अभ्यास छ तर त्यो अधिकार संसद्ले दियो भने मात्र सहायक कानुन बनाउन पाइन्छ । अमेरिकामा कानुन बनाउने मुख्य जिम्मेवारी संसद्को भएको जनाउँदै कार्यकारीलाई त्यस्तो सहायक कानुन बनाउने अधिकार दिएको पाइन्न । बेलायतमा भने संसद्ले बनाउन सकेन, भ्याएन अर्थात् प्राविधिक हिसाबले अनुकूल भएन भने अधिकार कार्यपालिकालाई दिने अभ्यास गर्दै आएको छ ।

सभापति बिडारी भन्नुहुन्छ, “नेपालमा भने २० प्रतिशत मात्रै कानुन संसद्ले बनाउँछ भने ८० प्रतिशत कार्यपालिकाले बनाइरहेको अवस्था हो ।” मुलुकमा कार्यपालिका र अरु निकायबाट समेत भइरहेको अन्धधुन्धरुपमा सहायक कानुन निर्माणको अभ्यासलाई प्रत्यायोजित विधायनसम्बन्धी विधेयक अघि बढाउन लागिएको हो । विधेयकमा सहायक कानुन निर्माणका शर्त र आधारभूत सिद्धान्तसमेत तोकिदिएको छ । संसद्ले सहायक कानुनको परीक्षण र अनुगमन गर्ने प्रणाली नेपालमा हालसम्म अभ्यासमा छैन । विश्वका कयौँ मुलुकमा संसद्मा छलफल भएर पास नभई त्यस्ता सहायक कानुन लागू नहुने तथा संसद्ले अस्वीकार गर्न सक्ने व्यवस्थासमेत छ । अघि बढाउन लागिएको प्रत्यायोजित विधायन विधेयकमा कस्तो अवस्थामा सहायक कानुन बनाउनुपर्छ तथा बनाइएका कानुन प्रकाशन गर्न र संसदमा पठाउने मापदण्ड एवं शर्तलाई अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group