ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीका शीतलहर पीडितलाई कम्बल वितरण


admin
२६ पुस २०७४, बुधबार   १ : २९   बजे

राजविराज, २६ पुस ।  एक सातादेखि चिसो र शीतलहरबाट प्रभावित सप्तरीका शीतलहर पीडितलाई स्थानीय प्रशासनले कम्बल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले आज जनाएको छ ।

(सिरहा तस्बिर)

अत्यधिक चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर दुई बालबालिकासहित २० जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जाडोबाट जोगिनका लागि कम्बल तथा राहतका सामग्री वितरण कार्य शुरु गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको नेतृत्वमा गठित टोलीले तीनवटा स्थानीय निकाय हनुमानगनगर कंकालनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र महदेवा गाउँपालिको २०० अति विपन्न र दलित बस्तीमा रेडक्रसको सहयोगमा कम्बल वितरण गरेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

जिल्लाको महदेवा गाउँपालिका–१ पकरीको दलित बस्तीमा ५५, तिलाठी कोइलाडी–७ को मंसापुरको मरिक टोलमा १३ र वडा नं ८ तोपाका दलित बस्तीका ४३ र हनुमाननगर कंकालनी–११ इनरुवाको ६० घरपरिवारमा जाडोबाट जोगिन न्यानो कपडा तथा कम्बल वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी हनुमानगर कंकालनी नगरपालिका–१३ गोवरगढाका ४५ जना दलित बस्तीका असहाय, गरिब र विपन्न घरपरिवारलाई कम्बल वितरण गरेको नगरप्रमुख शैलेश साहले बताउनुभयो ।

सो टोलीमा हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेश साह, तिलाठी कोइलाडीका प्रमुख शतिश सिँह, सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादव, प्रहरी नायब उपरीक्षक ध्रुव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सप्तरी सह–सचिव चन्दन यादव, रेडक्रस सप्तरी रिमु चौधरी, सप्तरी युथ नेपालका विष्णु यादवलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

कोशी प्रदेशमा मतदान प्रगति: सुनसरीमा २५ प्रतिशत, मोरङमा २९.५५ प्रतिशत, धनकुटामा २३ प्रतिशत

झापामा मतदान सुरु भएको एक घण्टामा ७.५ प्रतिशत मत खस्यो: बिहानैदेखि उत्साहजनक सहभागिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group