ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० विश्वकप छनोट : नेपालद्वारा उत्कृस्ट बलिंग प्रदर्शन ,क्यानडा ८० रनमा अलआउट


एबीसी / संवाददाता
९ फाल्गुन २०७८, सोमबार   ५ : २०   बजे

काठमाडौं, ९ फागुन । ओमानमा जारी आईसीसी टी(२० विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको छ ।
क्यानडा १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको हो । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २(२ विकेट लिए । कुशल मल्लले एक विकेट हात पारे ।

३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ८ विकेट गुमाएको थियो । पछिल्लोक्रमका डिलियन हेलिगरले दुई छक्का प्रहार गरेका थिए । क्यानडाले १० औँ विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो ।
सन्दीपले चार ओभरमा १२ रन खर्चिए। उनले व्यक्तिगत पहिलो ओभरमा ८ रन दिएका थिए । कमलले ३ ओभरमा १६ रन दिए । अविनाशले ३ ओभरमा ७ रन मात्र दिए ।

समूहका अघिल्ला दुवै खेल जितेको नेपाल सेमिफाइनल नजिक छ । तर क्यानडा र ओमानले विशाल अन्तरले जित हात पारेमा नेपाल समूहगत चरणबाटै बाहिरिन पनि सक्नेछ । क्यानडासँग हारेपनि समूह विजेता बन्ने सम्भावना पनि नेपालको छ ।

समूहमा नेपाल २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ । नेपालको नेट रनरेट करिब साढे ४ अंक छ । दोस्रो स्थानमा रहेको क्यानडाको २ खेलबाट २ अंक छ । क्यानडाको नेट रनरेट साढे २ अंक छ ।
अर्को समूहबाट आयरल्यान्ड समूह विजेता र यूएई समूह उपविजेता बनेर सेमिफाइनल पुगेका छन् । समूह विजेता बने नेपालले यूएईसँग र उपविजेता बने आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu