काठमाडौँ, १० फागुन । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले कमजोर सुरुवात गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर ब्याटिङ रोजेको युएईले पावर प्ले (६ओभर) को समाप्तिमा १ विकेट गुमाएर ५८ रन जोडेको छ ।
युएईका विष्फोटक ब्याट्सम्यान चिराग सुरीलाई जितेन्द्र मुखियाले दोस्रो ओभरमै बोल्ड गरेका थिए । तर, उनले आफ्नो दोस्रो ओभरमा १८ रन खर्चिएका थिए । अर्का ओपनर मोहम्मद वासिम र भृत्य अरविन्दले दोस्रो विकेटका लागि ५२ रनको अर्धशतकीय साझेदारी गरिसकेका छन् । अरविन्द १८ बलमा ४१ र वासिम १३ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्