काठमाडौं, २७ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायत माग गर्दै डा. गोविन्द केशीले गरिरहेको अनशनको समर्थनमा काठमाडौंमा आज बिहीबार प्रदर्शन हुने भएको छ । दिउँसो १ बजे माइतिघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने केसीका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी दिए।
न्यायाधीशले न्यायको किनबेच भइरहेको, मेडिकल शिक्षाका बारेमा प्रधान्यायाधीश गोपाल पराजुलीले बदनियत राखी फैसला गर्ने गरेको लगायत डा. केसीले उठाएका मागको सुनुवाई गर्न समर्थकले प्रदर्शन गर्न क्षेत्रीले जानकारी दिए । न्यायायालयको मानहानीका मुद्दामा पक्राउ परेका डा. केसीलाई सर्वोच्चले बुधबार साधारण तारेखमा रिहा गर्न आदेश दिए लगतै उनी त्रिवि शिक्षण अस्पतालमा अनशनलाई निरन्तरता दिएका छन्।
प्रतिक्रिया दिनुहोस्