काठमाडौँ, २७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका जापानका विदेश मामिलासम्बन्धी उपमन्त्री कियोशी ओडावाराले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो ।
सो अवसरमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएका राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त भेटका अवसरमा नेपालस्थित जापानका राजदूत एवम् नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । रासस
प्रतिक्रिया दिनुहोस्