ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ए डिभिजन लिगको आज दुवै खेल बराबरीमा टुङ्गियो


एबीसी / संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार   ४ : १८   बजे

काठमाडौँ, १३ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जाउलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आफ्नो अन्तिम खेलमा जावलाखेल र सङ्कटाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा सङ्कटाका लागि भने उत्तम राईले बराबरी गोल फर्काए । खेलको १४औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका हुन् । त्यस्तै खेलको ६१औँ मिनेटमा उत्तम राईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सङ्कटाले लिगमा १३ खेलबाट ३ जीत, ७ बराबरी र ३ हारसहित १६ अङ्क जोड्यो । यता जावलाखेलले १३ खेलबाट ३ जित, ५ बराबरी र ५ हारसहित १४ अङ्क जोड्यो ।

त्यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आजै भएको अर्को खेलमा थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबवीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलमा पहिलो अग्रता भने ब्रिगेड ब्वाइजले लियो । खेलको ५६औँ मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा थ्रीस्टारका डोना थापाले गोल गरेपछि खेल एक/एक गोलको बराबरीमा सकियो । यस बराबरीसँगै थ्रीस्टारले १३ खेलमा १९ अङ्क जोडेको छ । ब्रिगेड व्वाइजले १३ खेलमा ८ अङ्क जोड्यो । यस सिजको लिगमा ब्रिगेड ब्वाइज रेलिगेसनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu