ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसले बेलायती एअरलाइन्सको विमानमाथि प्रतिबन्ध लगायो


एबीसी / संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार   ६ : ४२   बजे

काठमाडौ, १३ फागुन । रुसले बेलायती एअरलाइन्सको विमानमाथि प्रतिबन्ध लगाएको छ । रुसको सिभिल एभिएशन रेग्युलेटरले बेलायती एअरलाइन्सको विमानलाई आफ्नो हवाई क्षेत्रबाट जान पनि अनुमति नदिने बताएको बीबीसीले जनाएको छ ।

यसअघि बेलायतले रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसको राष्टिय एअरलाइन एरोफ्लोटलाई आफ्नो देशमा अवतरण गर्न रोक लगाएको थियो । त्यसको जवाफी कारबाही स्वरूप रुसले पनि बेलायती एअरलाइन्सका विमान आफ्नो देशमा अवतरण गर्न रोक लगाएको हो । यसका साथै बेलायतले रुसको कैयौँ बैंक र कैयौँ अर्बपतिमाथि प्रतिबन्ध लगाएको छ । रुसको सैनिक कारबाहीको घोषणापछि युक्रेनले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विभिन्न शक्ति देशहरूले पनि उसमाथि प्रतिबन्ध लगाएका छन् । यसैबीच आज शुक्रवार रुसी सेना युक्रेनको राजधानी किएभ पसेका छन् । यस्तो अवस्थामा युक्रेनले नागरिकहरूलाई सेनामा समावेश हुन अपिल गरेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu