ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी विमानहरुका लागि अमेरिकी आकाशमा प्रतिबन्ध


एबीसी / संवाददाता
१८ फाल्गुन २०७८, बुधबार   १२ : १५   बजे

काठमाडौँ, १८ फागुन । अमेरिकाले रुसी विमानहरुलाई अमेरिकी आकाशमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
अमेरिकी कंग्रेसलाई नेपाली समय अनुसार आज बिहान सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले रुसका लागि अमेरिकी आकाश बन्द गरिएको बताउनुभएको हो ।

स्टेट अफ युनियन एड्रेस भनिने वार्षिक सम्बोधनका क्रममा बाइडेनले रुसले विना कारण युक्रेनमाथि हमला गरेको भन्दै त्यसको मूल्य रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चुकाउनुपर्ने चेतावनी पनि दिनुभयो । युक्रेनको सहयोगका लागि नाटोले सेना नपठाउने दोहोर्‍याउँदै उहाँले पुटिनले अमेरिकासहित पश्चिमा शक्तिहरुले कसरी जवाफ दिन्छन भन्ने कुराको नजर अन्दाज गरेको पनि बताउनुभयो । बाइडेनले रुस विश्वबाट अलग्गिएको भन्दै रुसी अर्थतन्त्र पूर्ण रुपमा बर्वाद हुने ठोकुवा पनि गर्नुभयो । नाटो गठबन्धनमा आवद्ध कुनै पनि भूमिमा कसैलाई कब्जा गर्न नदिने प्रतिवद्धता ब्यक्त गर्दै उहाँले जुनसुकै मूल्य चुकाएर भए पनि एक ईञ्च भूमि गुम्न दिइने छैन भन्नुभयो । रुसी शासक र तिनीहरुका सहयोगीका निजी सम्पति पनि जफत गरिने उद्घोष पनि राष्ट्रपति बाइडेनले गर्नुभएको छ । देशको आर्थिक अवस्थाको बारेमा बोल्दै उहाँले कारोनाका कारण अर्थतन्त्रमा समस्या आए पनि त्यसको क्षतिपूर्तिका लागि कसैको बेतनमा कटौती नगरिने स्पष्ट पार्नुभयो । बरु सरकारले आफ्नो खर्च कम गर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu