ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनका ठूला शहरमा रुसी सेनाको बमबारी, खार्किभमा २१ जना मारिए


एबीसी / संवाददाता
१८ फाल्गुन २०७८, बुधबार   ३ : १०   बजे

काठमाडौँ, १८ फागुन । रुसी सेनाले युक्रेनका ठूला शहरमा बम र गोलाबारी तीव्र पारेको छ । दोस्रो ठूलो शहर खार्किभमा भएको बमबारीमा परी कम्तिमा २१ जनाको ज्यान गएको छ । युक्रेनका अधिकारीले राजधानी किएभ र खार्किभसहितका शहरमा रुसले बम र गोलाबारीलाई तीव्रता दिएको बताएका छन् । खार्किभमा रुसी सेनाले गरेको बम र गोलाबारीमा कम्तिमा २१ जना मारिएको उक्त शहरमा गभर्नर ओले सिनेहुबोभले बताए । एक सय १२ जना घाइते भएको पनि उनको भनाइ छ ।

यता किभएको टेलिभिजन टावरमा आक्रमण हुँदा कम्तिमा पाँचजनाको मृत्यु भएको छ । टेलिभिजनको कन्ट्रोल रुम र पावर सबस्टेशनलाई रुसी सेनाले लक्षित गरेको अधिकारीहरूको भनाइ छ । त्यस्तै, युक्रेनी गृह मन्त्रीका एक सल्लाहकारले जाइटोमिर शहरको मानव वस्तीमा क्रुज मिसाइल प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । ‘हालसम्म एक बालकसहित चार जनाको मृत्यु भएको छ’, गृह मन्त्रीका सल्लाहकार एन्टो हेराशचेन्कोले भने । रुसले हमलाको सातौं दिन खार्किभमा प्यारासुटमार्फत् विशेष फौज ओरालेको युक्रेनको सेनाले जनाएको छ ।

रुसका प्यारा ट्रुपर अवतरण भएपछि लडाइँ सुरु भएको बताइएको छ । झण्डै १४ लाख जनसंख्या भएको उक्त शहरलाई रुसले बिहीबारदेखि नै निशाना बनाउँदै आएको छ । यसैबीच, रुसी सेनाले दक्षिण युक्रेनस्थित खेर्शन शहरलाई कब्जा गरेको बताएको छ । तर शहरका स्थानीय अधिकारीले कब्जा नभएको तर रुसी सेनाको घेराबन्दीमा परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu