ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्र विद्युत् उत्पादकद्वारा एमसिसीको अनुमोदनको स्वागत


एबीसी / संवाददाता
१८ फाल्गुन २०७८, बुधबार   ४ : ५१   बजे

काठमाडौँ, १८ फागुन । अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गरिनुलाई स्वतन्त्र विद्युत् उत्पादकको संस्था (इपान) ले स्वागत गर्दै यसले नेपालको विद्युत् क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताएको छ ।

आगामी चैत १८ देखि २० गतेसम्म सङ्घीय राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको तेस्रो हिमालयन हाइड्रो एक्स्पोको बारेमा जानकारी दिन आज यहाँँ आयोजना गरिएको पत्रकार सम्मेलनमा इपानका उपाध्यक्ष आशिष गर्गले भन्नुभयो, ‘‘यो सम्झौताले खासगरी प्रशारण लाइनको समस्या झेलिरहेका हामी विद्युत् उत्पादक तथा प्रवद्र्धकका लागि त झनै उत्साह थप्नुको साथै नयाँ सम्भावनाको ढोका खोलेको छ । यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन मद्दत पुग्नेछ ।’’
देशमा आन्तरिक विद्युत्को खपत बढाउन र विद्युत् व्यापारलाई प्रवद्र्धन गर्न आगामी चैत १८ देखि २० गतेसम्म भृकुटीमण्डपमा तेस्रो हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुन लागेको हो । इपानको आयोजनामा हुन लागेको सो एक्स्पोमा स्वदेशी र विदेशी गरी सयवटा स्टल राखिनेछ । एक्स्पोमा जलविद्युत्का प्रवद्र्धक, उत्पादक, इब्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल रहने छन् । हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रियस्तरको विकसित पछिल्ला नेपालको जलविद्युतको लागि बजारको प्रबद्र्धन देशभित्र विद्युत् खपत बढाउने, विद्युत् व्यापारको हाइड्रोपावरसम्बन्धी सरोकार राख्नेहरुलाई छानामुनि पारी यससम्बन्धी सीप प्रविधिको जानकारी तथा विभिन्न मुलुकसँग हाइड्रोपावर परियोजना विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको एपानका उपाध्यक्ष आशिष गर्गले बताउनुभयो ।

देशमा जलविद्युत्को ठूलो सम्भावना हुँदाहुँदै पनि अपेक्षित परिणाम हासिल हुन नसकेको वर्तमान अवस्थालाई सहयोग पुर्‍याउने लक्ष्यका साथ आयोजना गरिने सो एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूताबास एवं क्यानेडियन हाइ कमिशनको साझेदारी रहेको छ । एक्स्पोमा नेपाल र भारतका विज्ञहरुले विद्युत् उत्पादन, प्रसारण, प्रविधि र व्यापारसम्बन्धी चारबुँदे विषयवस्तुमा छलफल गराउनुको साथै जलविद्युतसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गरिने छ । ‘‘भारतीय राजदूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा भारतका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका पारस्परिक सहयोग सहकार्यमासमेत सहजता आउने हामीले विश्वास गरेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘यसबाट नेपालको जलविद्युत्को बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर हुनेछ ।’’ उहाँले जलविद्युत् लगानीकर्ता, उत्पादक, इञ्जिनीयरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने उहाँको भनाइ छ । स्वच्छ ऊर्जाको प्रर्वद्धनमा सहयोग पुर्‍याउन नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगमा अभिवृद्धि गर्ने हेतुले सोको प्रतिकस्वरूप नेपालको पहिलो फर्पिङ जलविद्युत् आयोजनामा एक्स्पो आयोजनास्थल भुकुटीमण्डपबाट विद्युतीय गाडीको र्‍याली गरिने र सो अवसरमा विद्युतीय चार्जिङ स्टेशनकोसमेत उद्घाटन गरिने कार्यक्रम रहेको जानकारी दिइयो । एक्स्पोमा विद्युतीय चुलोको प्रयोग बढाउन विभिन्न ब्राण्डका चुलोको प्रर्दशनी पनि गरिने छ ।

यसअघि सन् २०१८ र सन् २०१९ मा प्रथम र दोस्रो हिमालयन हाइड्रो एक्स्पोको आयोजना गरिँदा मुलुकमा विद्युत् अभावका कारण विद्युत् कटौतीको अवस्था रहेको थियो भने दुई वर्ष कोरोना महामारीका कारण स्थगित भई यसपटक तेस्रो एक्स्पो आयोजना गर्दा विद्युतकाे अधिकतम खपत र विदेशमा निर्यातको सम्भावनाको खोजीमा जोड दिन लागिएको उपाध्यक्ष गर्गले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीपीडितलाई अर्को पीडा : काठमाडौंमा किरिया बस्ने ठाउँकै अभाव

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

त्रिशूली बजारका ४०० घरमा बाढीको क्षति, ७२ जना अझै बेपत्ता

Weekend Lie-Ins Linked to Lower Hypertension Risk: New Study

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu