ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका लागि मोरिससका राजदूतलाई सम्मान


एबीसी / संवाददाता
१९ फाल्गुन २०७८, बिहिबार   १२ : १४   बजे

काठमाडौँ, १९ फागुन । नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजीलाई नेपाल-मोरिसस विजनेस काउन्सिलले सम्मान गरेको छ । सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले हनुमानजीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्की, काउन्सिलका अध्यक्ष बटु लामिछानेलगायतले राजदूत हनुमानजीलाई नेपाली सामानका उपहारसहित सम्मान गर्नुभयो ।

छ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै छदिने भ्रमणका लागि गत शुक्रबार काठमाडौँ आउनुभएका राजदूत हनुमानजीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुका साथै शिष्टाचार भेट गर्नुभएको थियो । हनुमानजी मोरिससको प्रतिनिधिसभाका पूर्वसभामुखसमेत हुनुहुन्छ । सो अवसरमा राजदूत हनुमानजीले मोरिससमा नेपालीका लागि व्यापारिक र सांस्कृतिक आदान प्रदानका अवसरबारे उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ गराउन आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले दुई देशबीचको व्यापारिक सम्बन्ध वृद्धि र पर्यटन प्रवद्र्धन अवसरका रुपमा यसलाई लिनुपर्ने बताउनुभयो । भारतको नयाँ दिल्लीस्थित आवासीय राजदूत हनुमानजीले भ्रमणका अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग अलगअलग भेटवार्ता गर्नुभएको थियो । भ्रमण टोलीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गरेको थियो भने त्यसअघि पोखरा र अन्नपूर्ण हिमालको दृष्यावलोकन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीपीडितलाई अर्को पीडा : काठमाडौंमा किरिया बस्ने ठाउँकै अभाव

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

त्रिशूली बजारका ४०० घरमा बाढीको क्षति, ७२ जना अझै बेपत्ता

Weekend Lie-Ins Linked to Lower Hypertension Risk: New Study

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu